मंसिर ९। साताको राशिफल । मंसिर ९ देखि मंसिर १५ गतेसम्म



ज्यो. चन्द्रेश शर्मा

 मेष
तपाईंका लागि यो साता उपलब्धिमूलक नै देखिन्छ। विविध वस्तु वा सेवा प्राप्ति होला। कार्य सफल हुनाले मन आनन्दित होला। राजनीतिकर्मीबाट फाइदा लिन सकिने देखिन्छ। स्वस्थता एवम् आनन्दको अनुभूति होला। धेरथोर आर्थिक लाभ पनि हुनसक्छ। इज्जत प्रतिष्ठा बढ्नेछ। तर बिहीबार र शुक्रबार भने केही चिन्ता होला। कार्य बाधा, स्वास्थ्यमा गडबड हुनसक्छ।
 वृष
तपाईंका लागि यो साता मिश्रित फलदायक छ। साताको शुरु शनिबार रोगव्याधिको भय, धननाश हुने देखिन्छ। साताको मध्यभाग मंगलबार र बुधबार आर्थिक भार बहन गर्न गाह्रो पर्ला। तनाव, सन्ताप, मानसिक अस्थिरता नहोला भन्न सकिन्न। तर बाँकी दिनहरुमा भने आफ्नो बोली बिक्ने हुँदा कार्य सफल हुने देखिन्छ। साथै केही आर्थिक लाभ, उपहारादि वस्तु प्राप्ति होला।
 मिथुन
तपाईंका लागि यो साता ठिक्कै फल दिनेवाला छ। साताको शुरु शनिबार अनि साताको मध्य मंगलबार र बुधबार सुखशान्ति होला। कोसेली, पुरस्कार प्राप्ति, कार्य सफल हुने देखिन्छ। मिष्ठान्न भोजन प्राप्तिको सम्भावना छ। तर बाँकी दिनहरु उपलब्धिमूलक देखिँदैनन्। धनहानि, मानसिक तनाव, चोटपटक, स्वास्थ्य समस्या हुनसक्छ। आम्दानीको तुलनामा खर्च धेरै होला। काममा बाधा होला।
 कर्कट
यो साता तपाईंका लागि मिश्रित फलदायक छ। निर्णय क्षमतामा कमी आउला। के गर्ने, के नगर्ने भन्नेमा अरुको सहायता आवश्यक पर्न सक्छ। मध्यभाग आइतबार र सोमबार चिन्ता, थकावट, विवादको समाना गर्नुपर्ला। रोगव्याधि, चोटपटकको भय छ। मंगलबारदेखि समय शुभ छ। स्वास्थ्यलाभ, गरेका कामको उपलब्धि, आर्थिक लाभ हुनेछ। इज्जत–प्रतिष्ठामा वृद्धि होला।
सिंह
तपाईंका लागि यो हप्ताका धेरैजसो दिन शुभ नै छन्। आँटेको र अधुरा काम पूरा होलान्। एकपछि अर्को गर्दै सफलताका सिँढीहरु उक्लिने सम्भावना छ। भोजनादि खाद्य सामग्री प्राप्ति होला। साथीभाइ, इष्टमित्रसँग भेटघाट हुने र सो भेटघाटबाट राम्रै उपलब्धि होला। मंगलबारदेखि बिहीबारसम्म भने बढी नै परिश्रम गर्नुपर्ला। आर्थिक नोक्सानी हुने र तनाव सृजना हुने देखिन्छ।
 कन्या
तपाईंका लागि यस साताका शुरुका दिनहरु धेरै फलदायक देखिन्छन्। आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापार आदिमा सफलता होला। राज्यबाट लाभ, कूटनीतिक प्रयास सफल, धनलाभ, मानसिक सन्तुष्टि हुने देखिन्छ। प्रतिस्पर्धामा विजय नहोला भन्न सकिन्न। तर बुधबार र बिहीबार भने वायुजन्य रोग ग्यास्टिकले सताउन सक्छ। दोडधुप, तनाव एवम् लखतरान परिएला। पारिवारिक विवाद हुन सक्छ।
 तुला
तपाईंका लागि यो साताका धेरैजसो दिनहरु उत्तम फलदायक छन्। साताको शुरु र अन्त्यका दिनहरुमा धन प्राप्ति, खाद्यपदार्थ प्राप्ति, पुरस्कार÷उपहार प्राप्ति, मिष्ठान्न भोजन प्राप्तिको सम्भावना छ। व्यापारमा सफलता हासिल होला। जोश–जाँगर बढ्नेछ। तर मंगलबार र बुधबार भने स्वास्थ्यमा समस्या देखिएला। साथीभाइ, इष्टमित्रसँग विवाद पर्न सक्छ, होसियार रहनुपर्ला। अधिक खर्च होला।
 वृश्चिक
 तपाईंका लागि यस साताको मध्यभाग सोमबार र मंगलबार त्यति राम्रो देखिँदैन। बाँकी दिनहरु शुभ फलदायक छन्। विविध वस्तु वा सेवाको प्राप्ति होला। आफ्नो बोली बिक्ने, कार्य सफल हुने, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ। साथीभाइसँगको भेटघाट उपलब्धिमूलक हुनेछ। तर साताको मध्यभागमा भने अनावश्यक खर्च, स्वास्थ्य समस्या, चोटपटकको भय हुने देखिन्छ।
 धनु
 यस हप्ताका बढीजसो दिन तपाईंका लागि शुभ छन्। गरेका कार्यहरु सफल हुँदा सुखानुभूति हुनेछ। कतैबाट खाद्यान्न लाभ होला। आफन्त वा साथीभाइसँग रोमान्टिक यात्राको सम्भावना छ। उपहारस्वरुप कतैबाट प्रिय वस्तु प्राप्त हुने सम्भावना छ। तर बुधबार र बृहस्पतिबार भने कार्यमा असफलता हुँदा तनाव बढ्नेछ। धन हानि, मान हानिको सम्भावना छ। धैर्य गर्नुहोला।
मकर
साता धेरै राम्रो छ। आज शनिबार केही खर्च र सामान्य स्वास्थ्य समस्या आउने सम्भावना छ। तर बाँकी दिनहरु भने धेरै लाभदायक छन्। इच्छित कार्यहरु पूरा हुँदा मन प्रफुल्लित हुनेछ। व्यापार, ठेक्कापट्टा वा गरिरहेको व्यवसायले सफलताको सिँढी चढ्नेछ। आम्दानीका स्रोतहरु बढ्नेछन्। नेतृत्व क्षमतामा वृद्धि हुँदा अरुहरु नतमस्तक हुनेछन्। इज्जत–प्रतिष्ठा नयाँ उचाइमा पुग्नेछ।
 कुम्भ
तपाईंका लागि यो साता धेरै राम्रो देखिन्छ। तपाईंको यश–ऐश्वर्यमा वृद्धि हुनेछ। पढाइ–जागिरमा उच्च मूल्यांकन हुने देखिन्छ। राजनीतिमा सफलता, व्यवसायबाट उच्च आम्दानी, राज्यबाट लाभ हुनेछ। थालनी गरिएका अधुरा काम पूरा हुनेछन्। नेतृत्व क्षमतामा वृद्धि हुने, बोली बिक्ने, सानै प्रयासबाट पनि कार्य सफल हुने देखिन्छ। शुक्रबार भने दुर्घटनाको सम्भावना भएकाले सतर्कता रहनुहोला।
 मीन
तपाईंका लागि साताका शुरुका दिन लाभदायक छन् भने अन्त्यका दिनहरु उत्तम फलदायक देखिँदैनन्। सोमबारसम्म पैसा प्राप्ति, जागिर, पढाइ, व्यापारमा सफलता, मान–सम्मान वृद्धि, इज्जत–प्रतिष्ठामा वृद्धि हुनेछ। त्यसपछिका दिनहरुमा भने खानपानबाट अस्वस्थता, विनाउपलब्धिको दौडधुप हुनेछ। अपच, वायु–गानोगोला जस्ता पेटको समस्या नहोला भन्न सकिन्न। आलस्यता बढ्नाले जाँगर हराउला।

प्रतिक्रिया दिनुहोस्