सेन्चुरीले ल्यायो मल्टिकरेन्सी कार्ड



काठमाडौं, (नेस)
सेन्चुरी बैंकले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा एक्सिस बैंक इन्डियाको सहकार्यमा नेपालमै पहिलो पटक ‘मल्टी करेन्सी कार्ड’ शुरुवात गरेको छ। बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त सेवाको शुभारम्भ गर्नुभएको हो।

बैंकले ल्याएको नयाँ कार्डका प्रयोगकर्ताले विश्वका १६ देशमा ती देशको मुद्रा एउटै कार्डमा लोड गरी लैजान सक्ने बैंकले जनाएको छ। यसबाट नगद विदेशी मुद्रा अभाव झेलिरहेका ग्राहकलाई केही राहत मिल्ने बैंकको दावी छ। त्यस्तै अमेरिकी डलर सटही गरी अन्य मुद्रामा भुक्तानी गर्दा हुने विनिमयको नोक्सानी तथा नगद चोरी जस्ता जोखिमलाई समेत न्यूनिकरण गर्ने बताइएको छ।

यसैगरी बैंकले एक्सिस बैंककै सहकार्यमा इन्डो–नेपाल इजी रेमिट सेवा पनि शुरु गरेको छ। उक्त सेवाबाट भारतमा रहेका नेपालीले एक्सिस बैंकका ३ हजार ५ सय शाखा कार्यालयबाट नेपालमा पैसा पठाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्