कात्तिक २५ । साताको राशिफल । कार्तिक २५ देखि मंसिर १ गतेसम्म



ज्यो. चन्द्रेश शर्मा

 मेष
तपाईंका लागि यस साताको पछिल्ला दिनहरु उत्तम फलदायक छन्। राज्यबाट लाभ होला। इज्जत–प्रतिष्ठामा वृद्धि होला। पढाइ–परीक्षामा सफलता हात लाग्ने देखिन्छ। आर्थिक लाभ हुने सम्भावना छ। खाद्यान्न, भोजनादि वस्तु प्राप्ति होला। तर सोमबारसम्म चाहिँ शारीरिक कष्ट, काममा बाधा, रोगव्याधिको भय, खर्च होला। जुनसुकै कुरामा पनि अलि सावधानी अपनाउनुपर्ने देखिन्छ।
 वृष
तपाईंका लागि यो सातामा के गरौं र कसो गरौंको स्थिति आउला। कुनै दिन भाग्य नै चम्किनेछ भने कुनै दिन अनेक झमेला र दुःख आइपर्ला। आज शनिबार, बुधबार र बिहीबार तपाईंका लागि अनुकूल समय छैन। यी दिनहरुमा सफलता हासिल गर्न कठिन होला। तर बाँकी दिनहरुमा भने सुख–शान्ति, शुभ खबर प्राप्ति, उन्नति–प्रगति, आम्दानीको सम्भावना छ।
 मिथुन
तपाईंका लागि यो साता मिश्रित फलदायक छ। के गर्ने, के नगर्ने भनेर निर्णय लिन नसक्ने अवस्था आउन सक्छ। तर पनि साताको मध्यभाग आइतबार र सोमबार सेवा–व्यवसायबाट लाभ हुनाले आर्थिक समस्या समाधान हुनेछ। बौद्धिक क्षमताको प्रयोगबाट राम्रै काम होला। बाँकी दिनहरुमा भने इष्टमित्रसँग विवाद पर्ला। परिश्रमअनुसारको आम्दानीमा रोकावट आउन सक्छ। बुद्धि–विवेक पुर्याउनुपर्ला।
 कर्कट
तपाईंका लागि यस साताका शुरुका दिनहरु धेरै फलदायक देखिन्छन्। आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापार आदिमा सफलता होला। राज्यबाट लाभ, कूटनीतिक प्रयास सफल, धनलाभ, मानसिक सन्तुष्टि हुने देखिन्छ। प्रतिस्पर्धामा विजय नहोला भन्न सकिन्न। तर बुधबार र बिहीबार भने वायुजन्य रोग ग्यास्टिकले सताउन सक्छ। दोडधुप, तनाव एवम् लखतरान परिएला। पारिवारिक विवाद हुन सक्छ।
सिंह
यो साता तपाईंका लागि धेरै राम्रो देखिन्छ। तपाईंको यश–ऐश्वर्यमा वृद्धि हुनेछ। पढाइ–जागिरमा उच्च मूल्यांकन हुने देखिन्छ। राजनीतिमा सफलता, व्यवसायबाट उच्च आम्दानी, राज्यबाट लाभ हुनेछ। थालनी गरिएका अधुरा काम पूरा हुनेछन्। नेतृत्व क्षमतामा वृद्धि हुने, बोली बिक्ने, सानै प्रयासबाट पनि कार्य सफल हुने देखिन्छ। शुक्रबार भने दुर्घटनाको सम्भावना भएकाले सतर्कता रहनुहोला।
 कन्या
तपाईंका लागि यो साताका शुरुका दिनहरु शुभ फलदायक छैनन्। स्वास्थ्यमा समस्या आउन सक्छ। व्यापार व्यवसायमा अनेक बाधा–व्यवधान आउन सक्छ। चिताएभन्दा बढी खर्च हुनाले आर्थिक सन्तुलन मिलाउन गाह्रो पर्ला। मुद्दामामिलामा झमेला, मान–सम्मानमा चोट पुग्ने सम्भावना छ। तर अन्तिमका तीन दिनमा भने राम्रो छ। शारीरिक स्वस्थता, आर्थिक लाभ, सुख–सन्तोष हुनेछ।
 तुला
यो साताका धेरैजसो दिनहरु शुभ फलदायक देखिँदैनन्। आज शनिबार र अन्त्यको शुक्रबार प्रयास गरेमा उन्नति–प्रगति होला। सुख–सन्तोष एवम् रमाइलो होला। तर बाँकी सबै दिनहरु तपाईंका लागि अनुकूल देखिँदैनन्। विभिन्न आरोप सहनुपर्ला। दुःख–कष्ट, स्वास्थ्यमा समस्या, इज्जत–प्रतिष्ठामा आघात, राज्यबाट भय हुने सम्भावना छ। साथीभाइ, इष्टमित्रबाट धोका पाइन सक्छ।
 वृश्चिक
 तपाईंका लागि यस साताको मध्यभाग सोमबार र मंगलबार त्यति राम्रो देखिँदैन। बाँकी दिनहरु शुभ फलदायक छन्। विविध वस्तु वा सेवाको प्राप्ति होला। आफ्नो बोली बिक्ने, कार्य सफल हुने, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ। साथीभाइसँगको भेटघाट उपलब्धिमूलक हुनेछ। तर साताको मध्यभागमा भने अनावश्यक खर्च, स्वास्थ्य समस्या, चोटपटकको भय हुने देखिन्छ।
 धनु
 यस हप्ताका बढीजसो दिन तपाईंका लागि शुभ छन्। गरेका कार्यहरु सफल हुँदा सुखानुभूति हुनेछ। कतैबाट खाद्यान्न लाभ होला। आफन्त वा साथीभाइसँग रोमान्टिक यात्राको सम्भावना छ। उपहारस्वरुप कतैबाट प्रिय वस्तु प्राप्त हुने सम्भावना छ। तर बुधबार र बृहस्पतिबार भने कार्यमा असफलता हुँदा तनाव बढ्नेछ। धन हानि, मान हानिको सम्भावना छ। धैर्य गर्नुहोला।
मकर
तपाईंका लागि यस साताका शुरुका दिनहरु धेरै फलदायक देखिन्छन्। आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापार आदिमा सफलता होला। राज्यबाट लाभ, कूटनीतिक प्रयास सफल, धनलाभ, मानसिक सन्तुष्टि हुने देखिन्छ। प्रतिस्पर्धामा विजय नहोला भन्न सकिन्न। तर बुधबार र बिहीबार भने वायुजन्य रोग ग्यास्टिकले सताउन सक्छ। दोडधुप, तनाव एवम् लखतरान परिएला। पारिवारिक विवाद हुन सक्छ।
 कुम्भ
तपाईंका लागि साताको शुरुका दुई दिन शुभ देखिँदैन। शोक–सन्ताप बढ्ने, कार्य असफल हुने, ग्यास्टिक, अपचजस्ता समस्याले सताउला। सोमबारदेखि समय उत्तम फलदायक छ। पढाइ, प्रतियोगिता, खेलकुद, मुद्दामामिला आदिमा विजय हुनेछ। अधुरा कार्यहरु पूरा हुनेछन्। प्रेमप्रसंग सफल हुनेछ। आफ्नो जीवनसाथीबाट धेरै सहयोग मिल्नेछ। कतैबाट पुरस्कृत भइने सम्भावना छ।
 मीन
तपाईंका लागि साताका मध्यदिनहरु उत्तम फलदायक देखिन्छन्। कतैबाट आर्थिक लाभ होला। परीक्षा, खेलकुदजस्ता प्रतिस्पर्धात्मक प्रतियोगितामा विजय हुने देखिन्छ। कार्य सफल हुने, मानप्रतिष्ठामा वृद्धि हुनेछ। तर आज शनिबार र बिहीबारदेखि भने दिनहरु सन्तोषजनक देखिँदैनन्। तनाव हुने, धन हानि हुने, कार्य अधुरो हुने देखिन्छ। निरर्थक दौडधुप नहोला भन्न सकिन्न। खर्च वृद्धि होला।

प्रतिक्रिया दिनुहोस्