ग्लोबल आईएमईले २० प्रतिशत लाभांश दिन



 

काठमाडौं (नेस)
ग्लोबल आईएमई बैंकको ११औं वार्षिक साधारणसभाले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ। बिहीबार काठमाडौंमा सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा सञ्चित मुनाफा समेतबाट १० प्रतिशत बोनस र १० प्रतिशत नगद वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको हो।

बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेपश्चात् बैंकको चुक्ता पँुजी ८ अर्ब ८८ करोड रुपियाँ पुगेको छ। गत असोज मसान्तसम्म १ खर्ब ४ अर्ब ९४ करोड रुपियँँ निक्षेप, ८८ अर्ब ७७ करोड रुपियाँ कर्जा लगानी रहेको बैंकको हाल १ सय ८ वटा शाखा, १४ वटा राजस्व संकलन काउन्टर, १ वटा सीडीएससी काउन्टर, १ सय २५ एटिएम, ४ वटा एक्सटेन्सन काउन्टर तथा ४६ शाखा रहित बैंकिङमार्फत् सेवा दिइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिंङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्ट्रेलिया र भारतमा सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीमाझ सेवा प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्