लमजुङको १७ किलो सुन काण्डः चुनाव खर्च जुटाउन सुन तस्करी


लमजुङमा झन्डै १७ किलो सुन सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मर्स्याङ्दी गाउँपालिकाको खुदीबाट युवकलाई सुनसहित पक्राउ गरेको हो । मनाङ तर्फबाट मोटरसाइकलमार्फत झर्दै गरेका युवकले सुनलाई झोलामा लिएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । सुन बोकेर आउँदै गर्दा प्रहरी चेकिङमा उक्त युवकलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।

सुन करिब १७ किलोको अनुमान प्रहरीले लगाएको छ । तर सुन जाख्न भने बाँकी छ । पक्राउ पर्नेमा मनाङको नासोङ गाउँपालिका ९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङ हुन । निर्वाचनको मुखमै सुन सहित संलग्न पक्राउ परेका हुन । निर्वाचन नजिकींदै गर्दा चुनाव लड्ने नेताको संलग्नतामा सुन तस्करी भएको हुन सक्ने आशंका गरीएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।