माओपछि सबैभन्दा शक्तिशाली चिनिया राष्ट्रपति सि जिनपिङ्ग !



एजेन्सी । चीनको सत्ताधारी कम्युनिस्ट पार्टीले राष्ट्रपति सि जिनपिङ्गको विचारधारालार्इ संविधानमा समावेश गर्ने निर्णय गरेको छ ।

संविधानमा सिलार्इ चीनका पहिलो कम्युनिस्ट नेता तथा संस्थापक माओत्से तुङ्ग बराबरको दर्जा दिइएको छ । सन् २०१२ मा चीनको राष्ट्रपति बनेपछि सिले चीनको सत्तामा पकड लगातार बलियो बनाउँदै लगेका छन्।

संविधानमा’सि जिनपिङ्ग विचारधारा’ लेख्ने पक्षमा कम्युनिस्ट पार्टीको सम्मेलनमा सहभागीले सर्वसम्मत भएका थिए । कम्युनिस्ट पार्टीको सम्मेलनको अन्तिममा यो निर्णय लिइएको थियो ।

बेइजिङमा बन्द ढोका भित्र भएको यस यस सम्मेलनमा २२ सय भन्दा धेरै प्रतिनिधि सहभागी थिए । यो चीनको सबैभन्दा महत्वपूर्ण राजनीतिक बैठक हो । जसले आउने पाँच वर्षका लागि देशको नेतृत्व कसको जिम्मा लगाउने भन्ने कुराको पनि टुंगो गर्छ ।

‘सि जिनपिङ्ग विचारधारा’

कम्युनिस्ट पार्टीको सम्मेलन १८ अक्टोबरदेखि सुरू भएको थियो । यसको सुरूवातमा सि जिनपिङ्गले तीन तीन घन्टाको भाषण दिएका थिए । आफ्नो भाषणमा सि ले ‘नयाँ युगमा चिनिया क्षमताका साथ समाजवाद’ दर्शनलार्इ पहिलो पटक सार्वजनिक गरेका थिए ।

सिले यस दर्शनलार्इ पार्टी कांग्रेसमा राखेपछि पार्टीका शीर्ष अधिकारी र सञ्चारमाध्यमबाट यसको लगातार जिकिर गरिएको थियो । यसलार्इ सि जिनपिङ्ग विचारधारा भनिन थालियो । त्यही बेला सि जिनपिङले पार्टीमा गहिरो प्रभाव पारेको सन्देश देखिइसकेको थियो ।

बीबीसी चीनका सम्पादक क्यारी ग्रेसीका अनुसार पार्टीको संविधानमा ‘सि जिनपिङ्ग विचारधारा’ प्रतिष्ठापित हुनुको मतलव भनेको अब उनलार्इ प्रतिद्वन्द्वीहरूले कम्युनिस्ट पार्टीको नियमको हवाला दिएर चुनौती दिन सक्दैनन् ।

यसभन्दा पहिले पनि कम्युनिस्ट पार्टीका नेताहरूले यस्ता विचार ल्याएका थिए । तर माओत्से तुङ्गपछि कुनै पनि नेताको विचारलार्इ संविधानमै समावेश गरिएको यो पहिलो पटक हो ।

केवल माओ र देङ्ग ज़ियाओपिङ्गको नाम पार्टी संविधानमा उनको विचारलार्इ लिएर सामेल गरिएको छ ।
अब स्कूलका बालबालिका, कलेजका विद्यार्थी, सरकारी कर्मचारी, नौ करोड कम्युनिस्ट पार्टीका सदस्यका साथै सि जिनपिङ्ग विचारधारा पढ्नेछन् । चीनमा सि जिनपिङ्ग विचारधाराका साथै नयाँ रूपमा चिनिया समाजवादी युग शुरू हुनेछ । पार्टीले यस नयाँ युगलार्इ आधुनिक चीनको तेस्रो च्याप्टरका रूपमा परिभाषित गरिएको छ ।

चीनको समाजवादको पहिलो चरण चेयरम्यान माओको थियो जसले गृह युद्धमा फसेको चीनलार्इ निकाल्न जनतालार्इ एकजुट बनाएका थिए । दोस्रो चरण देङ्ग जियाओपिङ्गको थियो । जसको शासनकालमा चीन  एकजुट भयो । जियाओपिङ्गले चीनलार्इ अनुशासित र विदेशमा मजबुत बनाएका थिए ।

अब तेस्रो युग सि जिनपिङ्गको सुरू भएको छ । अब सि जिनपिङ्गको नाम पार्टी संविधानमा सामेल गरिएको छ । जसले गर्दा अब उनलार्इ कसैले चुनौती दिन सक्दैन । जबसम्म कम्युनिस्ट पार्टीको नियममा उनले असर पुर्याउँदैनन्, सिमाथि कसैले प्रश्न गर्न पाउने छैन ।

प्रतिक्रिया दिनुहोस्