वित्तीय अपराधको जोखिम न्यूनीकरणका लागि बैंकरहरू तयार



 

नेपाल समाचारपत्र
काठमाडौं
स्ट्यान्डर्ड चार्टर्ड बैंकले करेसपोन्डेन्ट बैंकिङ एकेडेमी कार्यशाला आयोजना गरेको छ। बैंकले नेपाल राष्ट्र बैंकसँगको संयुक्त सहकार्यमा सो कार्यशालाको आयोजना गरेको हो। कार्यशालामा ‘क’ वर्गका वाणिज्य बैंकका कार्यसमिति अध्यक्ष, प्रमुख कार्यकारी निर्देशक तथा निर्देशकहरूको सहभागिता रहेको थियो।

वित्तीय अपराध अनुपालनको वरिष्ठ प्रबन्धन कार्यशालाको उद्देश्य संगठनको नियम तथ तेस्रो पक्षका साथ वित्तीय अपराधको जोखिम अथवा प्रतिक्रिया छलफल गर्न नेतृत्वलाई तयार गर्नु रहेको थियो। यसभन्दा पहिले पनि बैंकका बैंकिङ क्रियाकलाप कायम राख्न सिनियर कर्मचारी सम्मिलित एकदिने कार्यक्रम आयोजना गरिएको थियो।

दुवै कार्यशालाका माध्यमबाट सहभागीले बैंकका समस्या तथा अपडेटका माध्यमबाट सिर्जना हुने वित्तीय अपराध जोखिम न्यूनीकरणको चेतना अभ्यास निर्माण गरिएको बताइएको छ।

राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले समापन गर्नुभएको कार्यशाला अघिल्लो दिन डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गर्नुभएको थियो।

कार्यशालाको सहजकर्ता नेपाल राष्ट्र बैंकका फाइनान्सियल इन्टिलिजेन्ट युनिट प्रमुख रामु पौडेल तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकको वित्तीय अपराध अनुपालन प्रमुख जोडी अथर तथा करेसपोन्डेन्ट बैंकिङको दक्षिण एसियाका लागि क्षेत्रीय प्रमुख शिवरमण सुब्रमानियन रहनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्