एचबीएल दायित्व फेलोसिप अवार्ड प्रदान



 

काठमाडौं, (नेस)
हिमालयन बैंकले यस वर्षको एचबीएल दायित्व फेलोसिप अवार्ड २०१७ प्रदान गरेको छ। बैंकले सन् २०१६ देखि ६ जना नेपालीलाई यो अवार्ड प्रायोजन गर्दै आइरहेको छ।

अवार्ड प्राप्त गर्नेहरूले नेपालको आर्थिक समृद्धिको लागि विभिन्न सरकारी निकाय तथा नीति निर्मातासँग सहकार्य गरी शासन प्रणालीमा नवीनता ल्याउन सहयोग पुर्याउने बैंकको विश्वाश छ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर ज.ब.रा.ले अवार्ड प्रायोजन वापतको ५ लाख ४ हजार रुपियाँ दायित्वका कार्यकारी निर्देशक डा. पुकार मल्ललाई प्रदान गर्नुभयो।

सोही अवसरमा दायित्वका तर्फवाट कार्यकारी निर्देशक डा. मल्लले बैंकका प्रमुख कार्यकारी अधिकृत राणालाई बैंकले फेलोसिप कार्यक्रम सञ्चालनका लागि गर्दै आइरहेको महत्वपूर्ण सहयोगको लागि प्रशंसा–पत्र प्रदान गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्