एनआईसी एसिया क्यापिटलको शेयर सफ्टवेर सेवा



 

काठमाडौं, (नेस)
एनआईसी एसिया क्यापिटलले आफ्ना हितग्राही खाताधारकलाई सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ सफ्टवेयर सेवा शुरू गरेको छ। यस सेवाअन्तर्गत क्यापिटलका हितग्राहीले आफ्नो खातामा भएको कारोबारको जानकारी अनलाइनमार्फत हेर्न सक्ने कम्पनीले जनाएको छ।यसका साथै सेवाग्राहीले सीडीएस एन्ड क्लियरिङ लिमिटेडले निक्षेप सदस्यलाई प्रदान गरेको सेवा क्यापिटलमार्फत् वार्षिक रूपमा ५० रुपियाँ तिरी लिन सक्नेछन्।

मेरो शेयर लिन इच्छुक सेवाग्राहीले सो सेवा लिन एनआईसी एसिया क्यापिटल लिमिटेड, बबरमहलमा रहेको कारोबार कार्यालयबाट तथा एनआईसी एसिया बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयबाट समेत आवेदन फारम भरि बुझाउन सकिने व्यवस्था गरिएको छ।

मेरो शेयरमार्फत् ग्राहकको सुविधा अभिवृद्धि हुने विश्वास गरिएको छ। क्यापिटलले ग्राहकको सुविधालाई ध्यानमा राख्दै निःशुल्क डिम्याट (हितग्राही) खाता खोल्न सकिने बताएको छ। साथै कम्पनीले प्रथम वर्षको डिम्याट (हितग्राही) खाता सञ्चालनमा छुटको व्यवस्था समेत गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्