पाकिस्तानको काश्मिरी शहर मिरपुरीमा बेलायती हेयर स्टाइल



इस्लामावाद, (एजेन्सी)
बीबीसीका पत्रकार सिकन्दर कर्मानीले पाकिस्तानमा केश कटाउन चाहँदा पाकिस्तान अधीनस्थ काश्मिरको मिरपुरमा जाने निर्णय गरे। आफूले बेलायतको राजधान लन्डनमा छँदा कटाउने शैलीकै केश कटाउन सकिने त्यो एक मात्र शहर हो।

पाकिस्तानको राजधानी इस्लामावादमा बम विस्फोटप्रुफ एउटा होटेलबाहिर म प्रतीक्षामा बसिरहेका बेला एकजना पुड्को, दाह्री जुंगा भएको हँसिलो मुहारका एकजना सुरक्षा गार्डले मतिर आएर उर्दूमा सोधे– ‘तपाईं संयुक्त अधिराज्यबाट आउनुभएको हो?’ मैले सहमतिमा मुन्टो हल्लाएँ। मैले आफ्नो परिवार वास्तवमै पाकिस्तानी नै भएको तर आफू लन्डनमा जन्मेको बताएँ।

‘त्यसो भए तपाईं मिरपुर बासिन्दा?’
म मुसुक्क हाँसें। पाकिस्तानमा मिरपुर सानो इंग्ल्यान्डका रूपमा पनि चिनिन्छ। त्यहाँबाट ब्रिटेन जानेहरूमध्ये अधिकांश आफूले जम्मा गरेको पैसाबाट ठूलो घर बनाउन वा आफ्ना सन्तानको बिहेबारीका लागि मात्र मिरपुर फर्कने गरेका छन्। चालीस वर्ष उमेरमुनिका सम्पूर्ण मिरपुरबासी पुरुषहरूको हेयर स्टाइल एउटै छ। उनले मेरो टाउकोमा हेरेर पनि त्यस्तै टिप्पणी गरे। यस स्टाइललाईस्किन फेड भनिन्छ। मेरो टाउकाको दुवै साइडमा नाम मात्रको केश छ। मेरो कानमुनि नाम मात्रकै केश छ। तर त्यसको माथिल्लो भागमा विस्तारै कपाल लामो हुँदै गएको छ। टाउकाको माथिल्लो भागमा भने केशको आकार सामान्य छ। लम्बाइचाहिँ लामो छ।

ब्रिटेनमा यो हेयर स्टाइल निकै चलिरहेको छ। विशेष गरी बेलायती एसियालीहरूमाझ यो हेयर स्टाइल बढी लोकप्रिय रहेको छ। जबकि मिरपुरबाहेक पाकिस्तानका अन्य भागमा अधिकांश पुरुषको हेयरस्टाइल सामान्य रहेको छ। ती सुरक्षा गार्डले मेरो हेयर स्टाइल मन पराए वा पराएनन् यकिन भएन तर मैले राम्रो हजाम कहाँ भेटिन्छन् भन्नेचाहिँ थाहा भयो।

मेरो पाकिस्तानमा पहिलो केश कटाइचाहिँ मिरपुरमै गर्ने निर्णय गरें। शुरूमा त मलाई मिरपुर कुनै खासै लागेन। यो पनि पाकिस्तानका अन्य शहरजस्तै लाग्यो। तर जब ‘चिकेन कटेज’ भनी लेखिएको साइनबोर्ड देखें, म दंग परें।
बेलायतमा युवा बेलायती मुश्लिमहरू म्याकडोनाल्डसमा हलालको विकल्पको रूपमा यस ब्रान्डको फ्राइड चिकेन खान जाने गरेका छन्। त्यहाँ छिरेपछि मैले ४० वर्षमुनिका स्किन फेडहरूको हुलै देखें। तिनीहरू बेलायती पाकिस्तानी हुन् वा स्थानीय हुन् भनी छुटइउनै गाह्रो भयो।

साठीको दशकमा हजारौं संख्यामा मिरपुरीहरू बेलायतको ब्राडफोर्ड र बर्मिंघमका कारखानाहरूमा काम गर्न गएका थिए। करिब ७० प्रतिशत सम्पूर्ण बेलायती पाकिस्तानीलाई सोही क्षेत्रमा भेटाउन सकिने बताइन्छ। मेरो गाइड लोकल युट्युव स्टार अस्र्लान शविर थिए।
उनले बेलायत र पाकिस्तान दुवैमा अनलाइन सञ्चालन गर्दै आइरहेका छन्। घाँटीपछाडि टाटु गरेका, स्किन फेड, नक्कली हिराको इयरिºङ लगाएका तथा सेतो सलवार कमिज लगाएका उनी हेर्दै शहरी बेलायती जस्तै देखिन्थे। तर बोल्दा भने उनको मुखबाट मिरपुरको ठेट बोली निस्किन्थ्यो।

उनले म र मेरा केही साथीलाई त्यहाँको नामचलेको हजामकहाँ लान्दै थिए। आफू पनि स्किन फेड हेयर स्टाइल रहेका हजामले राजा नामक ग्राहकको सोही स्टाइलमा केश काट्दै थिए।

राजाले आफू अहिलेसम्म बेलायत नगएको तर बर्मिंघममा आफ्ना थुप्रै नातेदार रहेको बताए। उनले सो हेयर स्टाइल मूलतः बेलायतबाट आयातित भए पनि अब मिरपुरीको आफ्नै भइसकेको बताए। आफ्नो सेल्फी खिच्दै उनले मलाई सोधे– ‘के म पाकिस्तानी जस्तो देखिन्छु?’

अर्का एकजना ग्राहकले आफ्नो मिरपुमा रहेको सम्पत्ति देखेर लिड्सका एक केटीले आफूलाई विवाह गर्छु भनी फकाएको र पछि केही पैसा लिएर भागेको अनुभव सुनाए। स्किन फेड गराउँदै गरेका अर्का एक ग्राहक भने केही महिनापछि आफ्नै काकाकी छोरीसँग इंग्ल्यान्डमा विवाह गर्न लागेको कुरा दंग परेर सुनाउँदै थिए। इरफान नामक हजाम भने आफ्नो सिप देखेर एक जना बेलायतीले आफूले बेलायतमा जागिर दिने आश्वासन दिएको बताए।

प्रतिक्रिया दिनुहोस्