सिटिजन्स बैंकको दमक शाखाबाट एटिएम सेवा



काठमाडौं (नेस)
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शुक्रबार दमक शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । साथै काठमाडौंको कमलादी स्थित बैंकको एटिएम स्थानान्तरण गरि नेपाल प्रज्ञा प्रतिष्ठानको पश्चिम ढोकाबाट सञ्चालनमा आएको ल्याएको छ ।

दमक शाखाबाट एटिएम सेवा विस्तार पछि बैंकको कुल एटिएम संख्या ५८ पुगेको छ भने बैंकले आफ्नो ५८ वटा शाखा र ९७ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ४ लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हाल बैंकको उपत्यका भित्र २९ वटा तथा उपत्यका बाहिर २९ वटा ए.टि.एम. सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्