एनआईसी एसिया क्यापिटल र म्याक्स भिजनबीच सम्झौता



काठमाडौं, (नेस)

एनआईसी एसिया क्यापिटल लिमिटेड र म्याक्स भिजनबीच ५ लाख कित्ता साधारण शेयरको धितोपत्र निष्कशन तथा बिक्री प्रबन्धकको रूपमा कार्य गर्ने सम्झौता भएको छ। एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा म्याक्स भिजन लिमिटेडका अध्यक्ष केशवप्रसाद श्रेष्ठले सो सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ।

एनआईसी एसिया क्यापिटलले हाल बजारमा कायम रहेको बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स र जलविद्युत् कम्पनीको साधारण शेयरको धितोपत्र निष्कशन गर्ने प्रचलन रहेकोमा म्याक्स भिजन लिमिटेड जस्तै अन्य इच्छुक निजी क्षेत्रका कम्पनीलाई पनि सर्वसाधारणमा शेयर निष्कशन गर्न प्रोत्साहन गर्ने उद्धेश्यले सोही अनुरूप विशेष पहल गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्