एनआईसी एसिया बैंकको समुन्नती बचत खाता



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले समुन्नती बचत खाता सञ्चालनमा ल्याएको छ। सर्वसाधारण जनतालाई बचत खातामार्फत् अधिकतम ब्याज उपलब्ध गराउने उद्देश्यका साथ शुरूआत गरिएको उक्त बचत खातामा शून्य मौज्दातमा वार्षिक ८ प्रतिशतका दरले ब्याज प्रदान गरिने बैंकले जनाएको छ।

उक्त खातामा शून्य मौज्दात, वार्षिक ८ प्रतिशत ब्याजका अलवम निःशुल्क डेबिट कार्ड, निःशुल्क एसएमएस र इन्टरनेट बैंकिङ दैनिक ५ लाखसम्म निःशुल्क एबीबीएस सेवा र क्रेडिट कार्ड जारी गर्दा शुल्कमा विशेष छुट रहेको बैंकले जनाएको छ। बैंकले देश भरि १०२ शाखामार्फत बैंकिङ कारोबार सञ्चालन गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्