सिटिजन्स बैंक र डोल्लारको एक्सचेन्जबीच सम्झौता ‘



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनल र डोल्लारको एक्सचेन्ज कुवेतबीच कुबेतबाट पठाएको रेमिट्यान्स नेपालमा भुक्तानी पाउने सम्झौता भएको छ।

यस सम्झौता बमोजिम अब कुवेतको उक्त कम्पनीमार्फत् नेपालमा पठाएको विपे्रषण रकम सहज रुपमा सिटिजन्स बैंकको नेपालभर रहेको ५८ वटा शाखा र तीन हजारभन्दा बढी सहायक प्रतिनिधिबाट सरल र सहज रुपमा भुक्तानी पाउन सकिने छ। उक्त सम्झौता पत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत पारस कुमार काफ्ले तथा डोल्लारको एक्सचेन्ज कुवेतका महाप्रबन्धक खालिद सरिफ ले हस्ताक्षर गर्नुभएको छ।

बैंकले यसअघि क्यासको फाइनान्सियल सर्भिसेस, स्मल वल्र्ड फाइनान्सियल सर्भिसेस र अफ्ताब करेन्सी एक्सचेन्ज, युएईको अल अहलिया मनि एक्सचेन्ज ब्युरियो, अल अन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेस, अल दहाब एक्सचेन्ज र अल्फा एक्सचेन्जलगायतका कम्पनीसंँग सम्झौता गरेको थियो। बैंकले वेस्र्टन युनियन, मनिग्राम, आईएमई, प्रभु मनि, हिमाल रेमिट, सिटी एक्सप्रेस, रिलायबल रेमिट,लगायतका कम्पनीबाट आएको विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्