लक्ष्मी बैंकद्वारा १५ वर्ष पूरा



काठमाडौं, (नेस)

लक्ष्मी बैंकले सञ्चालनको १५ वर्ष पूरा गरेको छ। सन् २००२ मा वीरगन्जबाट क्षेत्रीय बैंकको रुपमा स्थापित भई सन् २००५ मा राष्ट्रियस्तरको बैंकको रुपमा स्तरोन्नति भएको बैंक हाल ३६ जिल्लामा विस्तारित छ।

बैंकले हाल ६८ शाखाद्वारा ८० भन्दा बढी एटीएम, इन्टरनेट तथा मोबाइल बैंकिङलगायत आधुनिक प्रविधिसमेतका सेवा दिँदै आएको छ।

विगत १५ वर्षमा लक्ष्मी बैंकले खुद्रा, मिड मार्केट, कर्पोरेट र ट्रेजरी जस्ता व्यापारमा आफ्नो पहुँच स्थापित गरेको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा सबल प्रविधिमार्फत लक्ष्मी बैंकले उत्कृष्ट बैंकको रुपमा नेपालको बैकिङ क्षेत्रमा उच्चस्तर कायम गरेको बैंकको दाबी छ।

प्रतिक्रिया दिनुहोस्