रिलायन्स फाइनान्सको पाँचौ शाखा बनेपामा



काठमाडौं, (नेस)
रिलायन्स फाइनान्सले काभ्रेको बनेपास्थित पुलबजारमा पाँचौ शाखा स्थापना गरी कारोबार शुरू गरेको छ। उक्त कम्पनीको पाँचौ शाखाको उद्घाटन संस्थाका अध्यक्ष धर्मेन्द्र काजी श्रेष्ठले गर्नुभयो।

संस्था प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले शाखा उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य दिँदै २०६६ सालमा स्थापना भएको कम्पनीको ४ वटा शाखा सञ्चालन रहेको जनकारी दिनुभयो।

कम्पनीले तत्कालै ३ वटा नयाँ शाखा खोल्ने योजना रहेको जानकारी दिँदै कम्पनीले ३ अर्बभन्दा बढी निक्षेप संकलन गरी २ अर्ब ४७ करोड कर्जा प्रवाह गरेको बताउनुभयो। कम्पनीले निक्षेपकर्ताको निक्षेपको सुरक्षाको लागि २ लाखसम्मको निक्षेपको बीमा रहेको र संस्थाको उपलब्धिको जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस्