बैंक अफ काठमाण्डू लुम्बिनीले बोनस दिने



नेपाल समाचारपत्र,काठमाडौं

बैंक अफ काठमाण्डू लुम्बिनीको शुक्रबार सम्पन्न २२औं वार्षिक साधारणसभाले शेयरधनीलाई २३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।

बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक एक आपसमा गाभिई सञ्चालनमा रहेको यस बैंकले आव २०७२÷७३ मा सञ्चालन मुनाफा ९९ करोड २६ लाख र खुद मुनाफा ६५ करोड ५२ लाख रुपियाँ आर्जन गर्न सफल भएको छ।

अघिल्लो वर्ष संचालन मुनाफा १३ करोड १५ लाख र खुद मुनाफा ३३ करोड ४६ लाख रुपियाँ रहेको थियो। साथै बैंकको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७२÷७३ को अन्तसम्म कूल निक्षेप ६७ अर्ब ८४ करोड रुपियाँ पुगेको छ। खुद कर्जा ५८ अर्ब २२ करोड रुपियाँ पुगेको छ।

गत आर्थिक वर्षको अन्त्यमा कूल निक्षेप तथा खुद कर्जा क्रमशः ३९ अर्ब ४६ करोड र ३१ अर्ब ८९ करोड रुपियाँ रहेको थियो। मर्जर पश्चात बैंकको निक्षेप तथा कर्जा रकममा उल्लेख्य वृद्धि भएको छ।

त्यसैगरी हाल यस बैंकले ७४ शाखा, ६२ एटीएम तथा ७ एक्स्टेन्सन काउन्टरबाट रहेको छ।

प्रतिक्रिया दिनुहोस्