निक्षेप करिब ९ प्रतिशतले बढ्यो



नेपाल समाचारपत्र,काठमाडौं

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ८ दशमलब १ प्रतिशत, ३८ दशमलब ७ प्रतिशत र ३५ दशमलब १ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८ दशमलब ८ प्रतिशत, ४४ दशमलब १ प्रतिशत र २८ दशमलब ३ प्रतिशत रहेको थियो।

चालू आर्थिक वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ८ दशमलब ९ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ८ दशमलब २ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २० दशमलब २ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ८ दशमलब १ प्रतिशत, ३८ दशमलब ७ प्रतिशत र ३५ दशमलब १ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८ दशमलब ८ प्रतिशत, ४४ दशमलब १ प्रतिशत र २८ दशमलब ३ प्रतिशत रहेको थियो।

नेपाल राष्ट्र बैंकले रिपो बोलकबोल (ब्याजदर करिडोरअन्तर्गतको ५ अर्ब ४० करोड रुपियाँसहित) मार्फत् ३३ अर्ब २१ करोड तरलता प्रवाह गरेको छ। चालू आर्थिक वर्षको सात महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले सो जानकारी दिएको हो। यस अवधिमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले ५४ अर्ब ८३ करोड रुपियाँको स्थायी तरलता सुविधा उपयोग गरेका छन्। साथै बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर २ अर्ब ३३ करोड खुद खरिद गरी २५१ अर्ब १२ करोड खुद तरलता प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ५४ करोड खुद खरिद भई २६८ अर्ब ६२ करोड खुद तरलता प्रवाह भएको थियो। त्यस्तै खुलाबजार कारोबारमार्पmत् १०१ अर्ब १० करोड तरलता प्रशोचन गरिएको छ।

यसअन्तर्गत ब्याजदर करिडोर अन्तर्गतको १४ दिने निक्षेप बोलकबोलमार्पmत् २९ अर्ब ८० करोड, ९० दिने निक्षेप बोलकबोलमार्फत् ७ अर्ब ५ करोड र रिभर्स रिपोमार्पmत् ६४ अर्ब २५ करोडको प्रशोचन भएको छ। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप बोलकबोल, रिभर्स रिपो तथा सोझै बिक्री बोल–कबोलमार्पmत् क्रमशः २५८ अर्ब ४० करोड, रु. १३७ अर्ब ३५ करोड र रु.९ अर्ब १० करोड रुपियाँ तरलता प्रशोचन गरिएको थियो।

समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब ३६ करोड र यूरो ९ करोड ५० लाख बिक्री गरी २६३ अर्ब ३७ करोड बराबरको भारु खरिद भएको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ७२ करोड बिक्री गरी १८० अर्ब बराबरको भारु खरिद भएको थियो।
यसैगरी साधारण पुनर्कर्जा ७ अर्ब ६२ करोड र निर्यात कर्जा १ अर्ब १ करोड गरी कुल ८ अर्ब ६३ करोड रुपियाँ पुर्नकर्जा उपयोग भएको छ। अघिल्लो वर्षको सोही अवधिमा साधारणतर्फ १ अर्ब ७० करोड र निर्याततर्फ १ अर्ब १२ करोड गरी जम्मा २ अर्ब ८२ करोड पुर्नकर्जा उपयोग भएको थियो।

त्यस्तै वाणिज्य बैंकहरूले ६९९ अर्ब २ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले २३९ अर्ब ८८ करोडको अन्तर–बैंक कारोबार गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः ४४८ अर्ब ५७ करोड र ३८ अर्ब ५२ करोडको यस्तो कारोबार गरेका थिए।

गत वर्षको माघको तुलनामा यस वर्षको माघमा ९१–दिने ट्रेजरी विल र अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर बढेको छ। गत वर्ष ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर शून्य दशमलब ३५ प्रतिशत रहेकोमा यस वर्ष २ दशमलब ६४ प्रतिशत कायम भएको छ। वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर गत वर्षको शून्य दशमलब २२ प्रतिशतको तुलनामा २०७३ माघमा ४ दशमलब १३ प्रतिशत रहेको छ।

अन्य वित्तीय संस्थाहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७२ माघको १ दशमलब शून्य १ प्रतिशतको तुलनामा २०७३ माघमा ७ दशमलब शून्य ५ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरूको कर्जा तथा निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर ५ दशमलब ४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको माघमा यस्तो ब्याजदर अन्तर ६ दशमलब १ प्रतिशत रहेको थियो। त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७२ माघको ६ दशमलब ६ प्रतिशतको तुलनामा २०७३ माघमा ७ दशमलब ८ प्रतिशत कायम हुन आएको छ।

प्रतिक्रिया दिनुहोस्