एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा केसी



काठमाडौं, (नेस)
एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा सुनील केसी नियुक्त हुनु भएको छ।

बैंकले मंगलबार बैंकमा आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणले केसीलाई पद बहालीको लागि सपथ ग्रहण समेत गराउनुभयो। बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको पदमा कार्य गर्दै आउनुभएका केसी विगत ८ वर्षदेखि एनएमबि बैंकसँग आबद्य हुनुहुन्छ। २७ वर्षे बैंकिङ अनुभव संगालेका केसीले कार्यकाल समाल्नु हुँदै भन्नुभयो(ु बैंकलाई नाफा ात्र नभई हरेक प्रकारले उत्कृष्ट बैंक बनाउने मेरो उद्देश्य रहेको छ। बैंकले आफ्नो रणनीति अनुरूप, नाफा मात्र आधार नबनाई स्थानीय समुदायमा समेत लगानी गर्नेछ तथा आत्मनिर्भर नेपालका लागि समर्पित रहँदै कार्य गर्नेछ। ुहाल बैंकको कुल ७२ शाखा ५७ एटीएम र ७ एक्टेन्सन काउन्टर रहेको छ।

कोकाकोला मामोत्सवअन्तर्गत मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नायिका प्रियंका कार्की कोकाकोला मोमोत्सव मनाउँदै।

प्रतिक्रिया दिनुहोस्