एनआईसी एसिया क्यापिटल खुल्यो



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकको सहायक कम्पनीको रूपमा रहेको एनआईसी एसिया क्यापिटलको आइतबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की तथा एनआईसी एसिया बैंकका अध्यक्ष जगदीशप्रसाद अग्रवालले संयुक्त रूपमा शुभारम्भ गर्नुभयो। सो कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एन्ड क्लियरिङ तथा एनआईसी एसिया बैंकका पदाधिकारीको पनि उपस्थिति रहेको थियो।

एनआईसी एसिया बैंकको पूर्ण स्वामित्वमा १० करोड रुपियाँ चुक्ता पुँजी रहेको एनआईसी एसिया क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ कार्य गर्न इजाजत प्राप्त संस्था हो। क्यापिटलले बबरमहल, काठमाडौंस्थित कार्यालयबाट पुँजीबजारसँग सम्बन्धित धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन, म्युचुअल फन्ड व्यवस्थापनलगायतका प्रचालित ऐन कानुन एवम् नियमनकारी व्यवस्थाहरु बमोजिम मर्चेन्ट बैंकिङ कम्पनीले गर्न सक्ने सम्पूर्ण सेवा प्रदान गर्ने छ।

प्रतिक्रिया दिनुहोस्