सुनको भाउ ५ सय घट्यो



Falling price for gold concept isolated on white background

काठमाडौ, (नेस)।
साताको अन्तिम दिन शुक्रबार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा ५५ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले नेपाली बजारमा पनि असर परेको महासंघले जनाएको छ । सुन हिजो तोलाको ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदी पनि तोलामा २० रुपैयाँले सस्तो भएको छ । चाँदी आज तोलाको ८ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्