सिटिजन्स बैंकको हकप्रद शेयर स्वीकृत



काठमाडौं, (नेस)
नेपाल धितोपत्र बोर्डले सिटिजन्स बैंकको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको छ । बैंकको १०औं वार्षिक साधारणसभाबाट निर्णय भए वबोजिम बैंकले उक्त अनुपातको शेयर निष्काशन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्ड समक्ष पुस १४ गते आवेदन दिएको थियो ।

बैंकले सो हकप्रद शेयर आगामी चैत महिनाबाट जारी गरी २०७४ वैशाख महिनाभित्र पुँजी संकलन गरी सक्ने लक्ष्य राखेको छ । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ५३ करोड ७३ लाख ५१ हजार रुपियाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्