एन आई सी एशिया क्यापिटललाई धितोपत्र व्यवसायीको इजाजत



काठमाडौं(नेस)
एन आई सी एशिया क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ बमोजिम मर्चेन्ट बैंकिङ (बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन तथा लगानी व्यवस्थापन) कार्य गर्नका लागी अनुमति प्राप्त गरेको छ।

कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम संचालन स्वीकृती पश्चात लगानीकर्ताको मागलाई मध्यनजर राख्दै लिमिटेडले नयाँ तथा ग्राहक मुखी मर्चेन्ट बैंकिङ सेवाहरू तथा संस्थापक बैंकले प्रदान गर्दै आएको निक्षेप सदस्यको सेवाहरू समेत प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्