हिरो मोटरसाइकलको शाखा विस्तार



काठमाडौं, (नेस)
नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले आफ्नो १३औं शाखा विस्तार गरेको छ।

काठमाडौंको मित्रपार्कमा १३औं शाखाको ज्योति समूहका उपाध्यक्ष डा.रुप ज्योति, हिरोमोटो कर्पका ग्लोबल हेड रजत भारगभ, हिरोमोटो कर्पका रिजनल हेड एसिया प्रविर कुमार शाह, हिरोमोटो कर्पका कन्ट्री मेनेजर कार्तिक बैङकट स्वामी तथा फर्मर ग्लोबल हेड दीपक मोकाक्षी, नेपाल जनरल मार्केटिङका अध्यक्ष अभिक ज्योति तथा उपाध्यक्ष सुरुची ज्योतिले मंगलबार संयुक्त रुपमा १३औं शाखाको उद्घाटन गर्नुभयो।

हिरोमोटर साइकलको नेपालको लागि आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङको डिलर ७५ वटा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्