ग्लोबल आइएमई बैंकद्वारा प्यासिफिक डेभलपमेन्ट बैंक प्राप्ति



काठमाडौं, (नेस)
ग्लोबल आइएमई बैंकले लमजुङ जिल्लामा कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्विजिसन) गरी आइतबारदेखि एकीकृत कारोबार सञ्चालन गरेको छ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिंरन्जीवी नेपालले बैंकको एकीकृत कारोबार सञ्चालन उद्घाटन गर्नुभयो। लमजुङ जिल्लालाई कार्यक्षेत्र बनाई विकास बैंकको रुपमा विगत ७ वर्षदेखि कारोबार गर्दे आइरहेको प्यासिफिक डेभलपमेन्ट बैंकको चुक्ता पुँजी १३ करोड २९ लाख रुपियाँ रहेको थियो। प्यासिफिक डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पुँजी ७ अर्ब २४ करोड रुपियाँ (आव २०७२⁄७३ को प्रस्तावित बोनस शेयर ९८ करोड ६३ लाख रुपियाँ सहित) पुगेको छ। त्यस्तै कुल निक्षेप ८५ अर्ब, कर्जा लगानी ७२ अर्ब ८८ करोड रुपियाँ पुगेको बैंकले जनाएको छ।

साथै बैंकको ९४ वटा शाखा कार्यालय पुगेका छन्। ग्लोबल आईएमई बैंकले यसअघि कर्मज एन्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाइनान्ससंँग मर्जर गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्