खनाललाई ‘म्यानेजर टु वाच–२०१६’ अवार्ड



काठमाडौं, (नेस)
नेपाल व्यवस्थापन संघले व्यवस्थापन विकास सम्बन्धमा प्रतिकूल परिस्थितिमा पनि कुशल व्यवस्थापन गरी बैंकलाई सफल मार्गमा डोर्याउनु भएको भन्दै सन् २०१६ को लागि भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई ‘म्यानेजर टु वाच–२०१६’ अवार्ड प्रदान गरेको छ।

संघको ३६औं साधारणसभाका अवरिमा प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त अवार्ड प्रदानगर्नु भएको थियो। यसका साथै हालै मात्र भिबोर सोसाइटी डेभेलपमेन्ट बैंक तथा प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई युरोप विजनेस एलेम्बली अक्सफोर्ड लण्डनबाट अन्तर्राष्ट्रिय अवार्ड प्राप्त भएको थियो।

प्रतिक्रिया दिनुहोस्