“द्रुतमार्ग निर्माणको शिलान्यास एक महिनाभित्रै”

0
Shares

नेपाल समाचारपत्र, बारा ।
प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौ–तराई द्रुतमार्ग निर्माणको शिलान्यास एक महिनामै गर्ने बताउनु भएको छ। दु्रतमार्ग र निजगढ विमानस्थलको काम तत्काल शुरू गर्न सरकारलाई दबाब दिने उद्धेश्यले स्थानीयले शुरू गरेको रिले अनशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले शनिबार आफ्नो कार्यकालमा आफंैले शिलान्यास गर्ने गरी काम अघि बढिरहेको जानकारी दिनुभयो।

राष्ट्रिय गौरवको आयोजनामा परेका दुवै अयोजनामा भइरहेको ढिलासुस्तीविरुद्ध एमाओवादी केन्द्रका केन्द्रीय सदस्य रवि दंगालको नेतृत्वमा स्थानीयले निजगढस्थित पूर्व–पश्चिम राजमार्ग नजिक फास्ट ट्रयाक गेटमा डेढ सातादेखि रिले अनशन गर्दै आएका थिए। प्रधानमन्त्रीको सम्बोधनपछि अनशन कार्यक्रम फिर्ता भएको छ।

द्रुतमार्ग निर्माण कसले गर्ने भन्ने देखिएको अन्योलताको अन्त्य भसकेको भन्दै प्रधानमन्त्रीले बढीमा एक महिनाभित्र काम शुरू हुने कुरामा ढुक्क रहन आग्रह गर्नुभयो। योजना निर्माणका लागि जनताले दिइरहेको दबाबलाई सम्बोधन गर्न आफूले गम्भीर भएर पहल गरिरहेको पनि उहा“को भनाइ थियो। द्रुतमार्ग कस्तो नमुनाको बनाउने र वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न योजना आयोगका उपाध्यक्षको नेतृत्वमा गठित सात सदस्यीय विशेष समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउने र सोही आधारमा निर्माण प्रक्रिया शुरू हुने प्रधानमन्त्रीले बताउनुभयो।

‘समितिले सरकारलाई प्रतिवेदन अब छिट्टै बुझाउनेछ अनि त्यसैअनुसार काम अगाडि बढाउनेछांै।’ प्रधानमन्धीले भन्नुभयो–‘अब अनसनमा बस्न जरुरी छैन, आन्दोलनकारीको मागलाई सरकारले गम्भीर रूपमा लिएको छ।’ प्रधानमन्त्रीले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यको पनि प्रक्रियामा शुरू भएको र स्थानीयको बसोबास व्यवस्थापन र मुआब्जा माग बारे पनि चाढै टुंगोमा पुगिने आश्वासन दिनुभयो। विमानस्थलका लागि प्रस्तावित क्षेत्रभित्र पर्ने टांगीयाबस्तीका १ हजार ४ सय ७४ घर परिवारलाई उचित स्थानमा व्यवस्थित गर्नका लागि पनि जिल्ला प्रशासन कार्यलय बारामार्फत् मुआब्जा दिने विषयमा जा“चबुझ भइरहेको र १० दिनभित्र सोको प्रतिवेदनसमेत प्राप्त हुने उहा“ले बताउनुभयो।

‘विमानस्थल निर्माणमा बस्ती व्यवस्थापन र मुआब्जाको कारणले ढिलाई भएको छ, त्यसका लागि पनि तत्काल परिणाम देखिने गरी काम भइरहेको छ।’ प्रधानमन्त्रीले भन्नुभयोे। मेलम्चीदेखि देशका विभिन्न भागमा रहेका आयोजनाको अवस्था बुझेर काम अगाडि बढाउन आफू लागिरहेको भन्दै उहा“ले विकासका कामलाई प्राथमिकतामा राखेर आफूले काम गरिरहेको दाबी गर्नुभयो। आफ्नो भारतको गोवा भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीस“ग भएको कुराकानीकै कारण हुलाकी मार्गको निर्माणको काम शुरू भएको भन्दै छिमेकीस“गको सन्तुलित सम्बन्धका आधारमा सरकारले विकासका कामलाई तीव्रता दिने धारणा राख्नुभयो। प्रधानमन्त्रीले तराईमा रेलमार्गको निर्माणलाई समेत प्राथमिकतामा राखिएको बताउनुभयो।

‘सुकुम्बासी समस्याबारे सरकार गम्भीर छ। सुकुम्बासी समस्या सम्बोधन गर्न सरकारले नीति र कार्यक्रमको तयारी गरिरहेको छ। सुकुम्बासी समस्यालाई दीर्घकालीन रूपमा सम्बोधन हुने गरी केही दिनमा ठोस कार्यक्रम सार्वजनिक गरिनेछ।’ प्रधनमन्त्रीले भन्नुभयो।

कार्यक्रममा फास्ट ट्रयाक आयोजना प्रमुख सत्येन्द्र शाक्यले सञ्चारकर्मीस“ग कुरा गर्दै प्रधानमन्त्रीको सम्बोधनले आयोजनाको काम अघि बढाउने ढोका खुलेको बताउनुभयो। ‘आयोजनाको काम शुरू गर्ने तयारीमा थियौं, प्रमुख शाक्यले भन्नुभयो–‘ प्रधानमन्त्रीको पछिल्लो सम्बोधनपछि थप तीव्रता दिइने छ।’ आयोजना अन्तर्गत पूर्व–पश्चिम राजमार्गको निजगढबाट मकवानपुरको छतिवनसम्मको ट्रयाकमा बिहीबारबाट नै मर्मत र सफाइको काम शुरू गरिसको पनि उहा“ले जानकारी दिनुभयो।

‘यसै आर्थिक वर्षमा स्थानीयले प्रयोग गर्न सक्ने गरी ट्रयाक तयार पारिने छ, प्रमुख शाक्यले भन्नुभयो–‘निर्माणको काम भने मोडल तयार पारेपछि मात्र शुरू हन्छ।’ सरकारले दु्रतमार्ग निर्माणको लागि चालू आर्थिक वर्षमा १० अर्ब र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि २ अर्ब रुपिया“ बजेट विनियोजन गरेको भए पनि मोडल र अन्य प्रक्रिया पूरा गर्न नसक्दा आयोजनाको काम शुरू हुन पाएको छैन।

Skip This