रसुवागढी नाकाको स्तरोन्ती गरिँदै



नुवाकोट, (नेस)
भूकम्पपछि तातोपानी नाका बन्द भएसँगैकै छोटो मानिएको त्रिदेशीय व्यापारिक नाका रसुवागढीको विकास गर्न चीन आफैं सक्रिय बनेको छ। नेपाल र चीनका सिमा अधिकारीहरूबीच पछिल्लोपटक भएको विभिन्न सहमति अनुसार स्तरोन्नती कार्यलाई तीव्र पारिएको छ। अन्तर्राष्ट्रिय सिमा नाकाको रूपमा विकास र व्यवस्थित गर्न यसअघि नेपाल र चीन दुवै देशका सरकारबीच सहमति भएस“गै यसको स्तरोन्नती कार्य पनि शुरू भएको हो।

भन्सारको कामलाई सरलीकृत गर्न पहिलो चरणअन्तर्गत प्रिफेबिकेटेट भवन निर्माण अगाडि बढाइएको छ। डेढ महिनाअघि नेपाल र चीन दुवै सरकारका अधिकारीबीच केरुङमा भएको नाका विकास गर्ने सहमति अनुसार अवैध ओसारपसार तथा गैरकानुनी गतिविधि नियन्त्रण कार्यलाई कडाई गरिएको छ। दुई वर्षअघि नै रसुवागढीमा सुख्खा बन्दरगाह निर्माण गरिदिने चीनको घोषणाअनुसार छिट्टै काम थाल्ने योजना बनाएको तिब्बतका प्रमुख सिमा अधिकारी मेजर जनरल गाओ वानहाईले जानकारी दिनुभयो। ‘दुई देशबीचको व्यापारलाई अभिवृद्धि र व्यवस्थित पार्न सुख्खा बन्दरगाहलाई पनि चीनले पहिलो प्राथमिकतामा राखेको छ’, जनरल वानहाईले योजना सुनाउ“दै भन्नुभयोे। तातोपानी नाकामा भएको सा“घुरो बन्दरगाह भन्दा यो ठूलो क्षमताको निर्माण गर्ने योजना चीनको रहेको उहा“ले दाबी गर्नुभयो।

अन्य नाकाको तुलनामा उसले रसुवागढीलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ। नेपाली भूमिमा चीनविरोधी गतिविधि नियन्त्रण, गैरकानुनी क्रियाकलाप मानव बेचबिखन, वन्यजन्तुलगायत बहुमूल्य धातु एवम् जडीबुटी ओसारपसार नियन्त्रणका लागि निगरानी बढाउने तीन साताअघि पनि सहमति भएको थियोे। तातोपानी नाका बन्द भएपछि सञ्चालनमा आएको रसुवागढी नाकालाई व्यवस्थित गर्ने विषयमा तिब्बतको केरुङमा सुरक्षा बैठक बसेको थियो।

चीनका तर्फबाट तिब्बतका मेजर जनरल गाओ वानहाई र नेपाली पक्षका रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको टोलीबीच भएको बैठकमा रसुवागढी नाकाबाट हुने व्यापार सहजीकरणबारे बृहत् छलफल भएको थियो। सीमा जोडिएका बाहेक अन्य जिल्लाका बासिन्दालाई एकदिने पास उपलब्ध गराउने नेपाली पक्षको अनुरोधलाई चिनिया“ पक्षले सकारात्मक रूपले लिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो। ‘बैठकमा चीन र नेपालका सीमास्तम्भ व्यवस्थापन गर्ने र त्यसको मर्मत शुरू गर्ने विषयमा दुई पक्षीय सहमति भएको छ, सहमतिबारे न्यौपानेले भन्नुभयो–‘त्यसैगरी यो नाकाबाट तेस्रो मुलुकका नागरिकलाई चीन प्रवेशका लागि सहज बनाउन चिनिया“ पक्ष सकारात्मक भएको छ।’

भूकम्प र वर्षात्का कारण रसुवागढीदेखि चीनतर्फको केरुङसम्म भत्केका सडक मर्मत गर्न थप केही समय लाग्ने भएकाले कन्टेनर सञ्चालनमा अझै केही समय समस्या हुने देखिएको छ। तीन महिनादेखि सडक मर्मत शुरू गरेको चिनिया“ पक्षले सन् २०१६ को डिसेम्बर अन्तिमसम्ममा सडक मर्मत सक्ने भनिएको थियो। हाल चिनिया“ पक्षले दैनिक तीन घन्टा मात्र कन्टेनर केरुङ पठाउने गरेको छ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रसुवाका प्रमुख राजेन्द्र खतिवडाका अनुसार भन्सारसम्बन्धी सबै कार्य नेपाल–चीनको सीमा क्षेत्र रसुवागढीबाटै व्यवस्थित तवरले सञ्चालन गराउन प्रिफेब्रीकेटेट भवन निर्माण हुन थालेको छ। भुइ“ सतह मिलाउने कार्य पूरा भई समग्रमा ६० प्रतिशत काम पूरा भइसकेको छ। फलामे तयारी सामग्री जडान गरी भन्सार कार्यालयको व्यवस्थापन हुन लागेको बताउ“दै खतिवडाले अब छिट्टै सुरक्षा अंग समेतलाई पुग्ने स्थायी एकीकृत पा“चतले भन्सार कार्यालय भवन निर्माणका लागि बोलपत्र प्रक्रिया अन्तिम चरणमा पुगेको छ। पहिलो चरणमा प्रिफेब्रिकेटेट र दोस्रो चरणमा स्थायी संरचना निर्माण हु“दै जाने छ।

स्थायी भवन निर्माण हुन भने तीन वर्ष लाग्ने बताइएको छ। भूकम्पले रसुवागढीको भवनमा क्षति पु¥याएपछि टिमुरेबाट सेवा दि“दै आएको भन्सार कार्यालय पुनः रसुवागढीमा फर्केपछि अबका दिनको सेवा अझ बढी प्रभावकारी बन्ने अपेक्षा गरिएको नेपाल व्यापार संघका अध्यक्ष कुमार कार्कीले बताउनुभयो। नेपाल–चीनबीचको व्यापार–व्यवसाय अभिवृद्धि भएस“गै रसुवागढी नाकामा सामान परीक्षण गर्ने एक्सरेयन्त्र आवश्यक भएको छ । सवारी सामानको चाप बढेस“गै गैरकानुनी सामग्रीसमेत भित्रिन थालेकाले रसुवागढी, मितेरी पुलनजिकै सामान परीक्षण गर्ने उपकरण राख्न आवश्यक भएको जिल्ला प्रहरी प्रमुख डीएसपी फणीन्द्र प्रसाईंले बतायनुभयो ।

‘सुरक्षा निकायले परीक्षण गर्दा ढिला भएको र झन्झट पाएको गुनासा बढ्न थालेको छ । त्यसैले सवारी सामानको नट खोलेर भित्री भागमा समेत कानुनले निषेध गरेका अवैध सामग्री राखी नेपाल भित्र्याउने क्रियाकलाप भेटिएकाले सुरक्षाकर्मीका साथै एक्सरे यन्त्रद्वारा सामान जा“च र सवारीसाधनको परीक्षणमा कडाइ गर्न आवश्यक देखेका हौं’, डीएसपी प्रसाईंले बताउनुभयो।
विशेष निगरानी र सुराकीका आधारमा यही पुस ६ गते मोटरसाइकलको फिल्टरभित्र अवैध रूपमा चीनबाट ल्याइएको दुई करोड २३ लाख ६० हजार रुपिया“बराबरको पा“च किलो सुन फेला परेपछि प्रहरीले सवारी साधनमा विशेष निगरानी बढाएको छ । प्रहरीले मोटरसाइकलका चार नट खोलेपछि सुन फेला परेको थियो । तीन वर्षअघि पनि चीनको केरुङतर्फ लाने क्रममा कन्टेनरको फल्स बटनबाट ठूलो परिमाणमा रक्त चन्दन बरामद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्