एकै परिवारका ५ सय सदस्य



बेइजिङ, (एजेन्सी)
चीनको एउटा गाउँमा यस पटकको नयाँ वर्षमा एउटै परिवारका ५ सयभन्दा धेरै सदस्यहरु पारिवारिक तस्वीर खिचाउन एकै ठाउँमा भेला भए । उनीहरु चीनको पूर्वी प्रान्त झेनजियाङको एउटा गाउँमा जम्मा भएका थिए ।

चिनियाँ नयाँ वर्ष कुखुरा वर्षको अवसरमा उनीहरुको पारिवारिक जमघट भएको हो । नयाँ वर्षमा चीनमा प्रायः परिवारका सदस्य एकै ठाउँमा भेला भई खाने पिउने गर्छन् ।

रेन परिवारको उक्त तस्वीर खिच्न फोटोग्राफर झाङ लिआंगजोंगले ड्रोनको मद्दत लिएका थिए । उनले भने– ‘रेन परिवार ८ सय ५१ वर्ष पुरानो हो । तर ८ दशकमा लामो समयदेखि उनीहरुको फेमिली ट्री अद्यावधिक भएको थिएन ।’

गाउँका बुजुर्गहरु मिलेर हालै मात्र फेमिली ट्रीलाई अद्यावधिक गर्ने काम थालेका थिए र कम्तीमा सात पि“ढीसम्म सम्बन्ध राख्ने २ हजार जीवित वंश पत्ता लगाए । त्यसपछि उनीहरुले सकेसम्म ठूलो संख्यामा परिवारका सदस्यलाई एकै ठाउँमा भेला गर्ने योजना बनाए ।

उनीहरु परिवारका ५ सयभन्दा धेरै सदस्यलाई भेला गराउन सफल भए । परिवारका ती सदस्यहरु बेइजिङ, सांघाइ, सिनजियांग र ताइवान पुगेका थिए ।

उक्त गाउँका प्रमुख रेन तान्जीले समाचार एजेन्सी सिन्ह्वालाई भने– ‘यसको उद्देश्य हाम्रो वंशज यहाँबाट कहाँ–कहाँसम्म पुगेका छन् र कहाँ–कहाँ बसिरहेका छन् भन्ने कुराको जानकारी लिनु थियो । यसले हामी आफ्नो पूर्वजका बारेमा थाहा पाउन सक्छौं ।’

प्रतिक्रिया दिनुहोस्