इओन इलेक्ट्रिक नेपाली बजारमा



काठमाडौं, (नेस)
भारतीय कम्पनी इओन इलेक्ट्रिक्सले आफ्ना उत्पादन नेपाली बजारमा ल्याएको छ । जानभी मार्केटिङ नेपाल बजारमा बिक्री वितरण गर्ने भएको छ । सन् १९५८ मा स्थापित इओन कम्पनी भारतमै पहिलोपटक सिएफएल निर्माण गर्ने कम्पनी हो ।

भारतका ठूला कम्पनीहरु भारतीय विमानस्थल प्राधिकरण, प्रतिक ग्रुप, बीटी, दिल्ली मेट्रो रेल कर्पोरेसन, बीएचईएल, टाटा कन्स्लटेन्सीलगायत २० भन्दा माथि सन्तुष्टि ग्राहक रहेको कम्पनीले जनाएको छ । भारतको नोयडास्थित कर्पोरट कम्पनी रहेको इओन इलेक्टिक लिमिटेडले इलेक्ट्रिक एसेसरिज तथा विभिन्न उत्पादनहरुमा एउटा छुट्टै भूमिका निर्वाह गर्दै आइरहेको जनाएको छ ।

फ्यान, वायर केवुल गिजर, सिएफएल, लिड लाइटिङ तथा मोबाइल एसेसरिजलगायत वस्तु यसका उत्पादन हुन् । वस्तुको उपलब्धतालाई सहज र सहजीकरण गर्न जानकी मार्केटिङकैअन्तर्गत नेपालको पूर्वी क्षेत्रमा एस एन्ड एस इण्डष्ट्रिज कम्पनीले बिक्री तथा वितरण गर्नेछ भने पश्चिम क्षेत्र नेपाल इलेक्ट्रिक कम्पनीले बिक्री वितरण गर्ने छ । कम्पनीले अत्यन्त कम विद्युत् खपत गर्ने फ्यान नेपाली बजारमा ल्याइएको जनाएको छ । एल्मुलियम बिलेट प्रयोग भएको उक्त फ्यानको हावाको फ्रिक्वान्सी बढी रहेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्