“स्ट्याच्यु अफ लिबर्टी” को शिर समातेको ट्रम्पको कार्टुन विवादमा



बर्लिन (एजेन्सी)
जर्मनीको एउटा प्रमुख पत्रिका डेअर स्पिगलको कवरपृष्ठमा छापिएको अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पको कार्टुनलाई लिएर देश भित्र र बाहिर विवादको विषय बनेको छ ।

लोकप्रिय साप्ताहिक डेअर स्पिगलले उक्त कार्टुनमा डोनाल्ड ट्रम्पले स्ट्याच्यु अफ लिबर्टीको रगत चुहिँदै गरेको काटिएको शिर एउटा हातले समाइरहेको र अर्को हातमा घातक छुरा समातिरहेको देखाइएको थियो ।

जर्मनीका थुप्रै अखबारले उक्त काटुनको आलोचना गरेका छन् । युरोपेली संसदमा जर्मनीका उपाध्यक्षले त्यसलाई घटियाको संज्ञा दिएका छन् । कार्टुनिस्ट एडेल रोड्रिग्सले कार्टुन लोकतन्त्रको शिर काटिएको प्रतिक भएको बताए । रोड्रिग्सले वासिङ्टन पोस्टलाई कट्टरपन्थी इस्लामिक स्टेट र डोनाल्ड ट्रम्प कट््टरपन्थकै दुई शिरका रुपमा तुलना गर्न चाहेको बताए ।

ट्रम्प अमेरिकाको राष्टपति बने पछि अमेरिका र जर्मनी बीचको सम्बन्धमा केहि दुरी आएको छ । ट्रम्पले जर्मन चान्सलर एन्जेला मर्केलको नितिको आलोचना गरेका थिए । गत महिना ट्रम्पले जर्मनीमा ठुलो संख्यामा आप्रवासीलाई स्वागत गर्ने निति विनासकारी गल्ती भएको बताएका थिए ।

यसअघि सन् २०१५ डिसेम्बरमा न्युयोर्क डेली न्युजको कवर पृष्ठमा छापिएको एउटा कार्टुनमा पनि ट्रम्पलाई स्ट्याच्यु अफ लिबर्टीको काटिएको टाउकोसँगै देखाइएको थियो ।

डअर स्पिगलका सम्पादक क्लाज ब्रिंकबोमरले सम्पादकिय लेखमा ट्रम्प सर्वोच्च पदमा रहेरपनि राज्यसत्ता कब्जा गर्ने प्रयासमा रहेको र एउटा संकुचित लोकतन्त्र स्थापित गर्न चाहेको उल्लेख गरेका छन् । ह्वाइट हाउसले उदारवादी सन्चार माध्यमको समुहमाथि डोनाल्ड ट्रम्पको छबि खराब गर्नका लागि गलत तथा गैरजिम्मेदारीपुर्ण पत्रकारिता गरिरहेको आरोप लगाएका छन् ।
ट्रम्पको अपिल खारेज

अमेरिकाको एक संघिय अदालतले केहि मुस्लिम राष्ट्रका नागरिकमाथि अमेरिका यात्रा प्रतिबन्द लगाउने आफनो आदेशमाथि रोक लगाएको एउटा अदालतको फैसला विरुद्ध ट्रम्पको अपिललाई खारेज गरेको छ । यसले यस मामिलामा सुनुवाइ पुरा नभएसम्म ७ वटा मुस्लिम देशका नागरिकलाई अमेरिका यात्रामाथि प्रतिबन्द लगाउने राष्टपति ट्रम्पको आदेशमाथि अस्थायी रोक लाग्ने छ । अदालतको उक्त निर्णयपछि ठूला विमनसेवाहरुले ती सातवटा मुस्लिम देशका यात्रीहरुलाई अमेरिका जान दिइरहेका छन् ।

अदालतले ट्रम्प प्रशासन र उनको यात्रा प्रतिबन्धको पैmसलालाई चुनौती दिने राज्यलाई यस मामिलामा आफनो तक राख्नका लागि सोमबार सम्म समय दिएको छ । अमेरिकाका थुप्रै राज्यका अधिवक्ता र वकिलहरुले उक्त प्रतिबन्ध गैरकानुनी र असंवैधानिक भएको बताएका छन् ।

ट्रम्पले इटलीको भ्रमण गर्ने

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामीे मे महिनामा इटली जाने बताइएको छ ।
विश्वका प्रमुख आद्योगिक राष्टहरुको संगठन समुह ७ सम्मेलनमा सहभागी हुन उनी इटली जाने कार्यक्रम रहेको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपतिमा निर्वा्चित भएपछि उनको यो नै पहिलो विदेश भ्रमण हुने कार्यालयले जनाएको छ ।

इटलीका प्रधानमन्त्री पाउलो गेन्टीलोनीसँगको कुराकानीपछि ट्रम्पको भ्रमण तय भएको ह्वाइट हाउसका अधिकारीले जानकारी दिए । विश्वका सात विकसित राष्ट्रका प्रमुखको बैठक टोर्मिना, सिसिलीमा हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्