भारतलाई पाकिस्तानको धन्यवाद



इस्लामावाद,(एजेन्सी)
झण्डै एघार महिना अघि पाकिस्तानबाट आफ्नै पिताले भारत तर्फ लगिएका एक पाँच वर्षिय बालकको आफ्नी आमासंग पुनर्मिलन भएको छ ।

शनिवार इफ्तिखार अहमद नामक ति बालकलाई पाकिस्तानी अधिकारीहरुले दुई राष्ट्रबिचको मुख्य सिमा क्षेत्रमा लिन आएका थिए । विवाह भोजमा सहभागी हुने क्रममा उनलाई उनका पिता गुल्जार अहमद तान्त्रयले भारत लगेका थिए ।

पाकिस्तानले इफतिखारलाई फर्काइएकोमा भारतलाई धन्यवाद दिएको छ । उनकी आमा रोहिणा कायानी पाकिस्तान अधिनस्थ र पिता भारत अधिनस्थ काश्मिरमा बस्ने गरेका छन् । सन् २०१६ को मार्चमा तान्त्रयलाई पक्रउ गरिएपछि इफतिखार भारत र पाकिस्तानबचिको विवाद बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्