ब्यालिस्टक क्षेप्यास्त्र परीक्षणपछि इरानमाथि अमेरिकाको प्रतिबन्ध



वासिङ्टन, (एजेन्सी)
अमेरिकाले इरानमाथि हालै मात्र गरेका ब्यालिस्टक क्षेप्यास्त्रको परीक्षणपछि नयाँ प्रतिबन्ध लगाएको छ। अमेरिकी प्रशासनले इरानमाथि कट्टरपन्थीलाई मद्दत गरिरहेको आरोप लगाएको छ।

डोनाल्ड ट्रम्प राष्ट्रपति बने पनि पहिलोपटक कुनै देशमाथि लगाइएको यो प्रतिबन्ध १२ कम्पनीसहित इरान र अन्य देशमा रहेका १३ जनालाई निसाना बनाएको छ। ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसरले भने– ‘यो कदमले ओबामा प्रशासनसँग इरानको जुन परमाणु सन्धि भयो त्यो देशहितमा छैन भन्ने प्रस्ट भएको छ। राष्ट्रपतिले इरानलाई उसको सिमामा राख्न चाहेको छ।’
यसअघि राष्ट्रपति ट्रम्पले ट्विटरमा इरानलाई चेतावनी दि“दै लेखेका थिए– ‘इरान आगोसँग खेलिरहेको छ।

ओबामा प्रशासन उनको देशप्रति कति उदार थिए, ऊ यसको महŒव बुझ्दैन, तर म त्यस्तो छैन।’ अमेरिकी वित्त मन्त्रालयका प्रवक्ता जोन स्मिथले इरानको व्यवहार पूरै इलाका, अमेरिकाका सहयोगी र अमेरिकाकै लागि खतरा उत्पन्न गराइरहेको छ।

ट्रम्पको ट्विटको जवाफमा इरानका विदेशमन्त्री जावेज जरिफले ट्विटमै दिएका छन्। उनले लेखे– ‘अमेरिकामाथिको खतराले इरानलाई कुनै फरक पर्दैन र इरानले कहिले पनि युद्ध शुरू गर्ने छैन, तर हामी आफ्नो सुरक्षाका लागि आफैंले बनाएको हतियारमा नै विश्वास गर्न सक्छौं।’

उनले अर्को एउटा ट्विटमा भने– ‘हामी हेर्न चाहन्छौं, जसले हाम्रो गुनासो गरिरहेका छन्, उनले पनि यही कुरा दोहो¥याऊन्।’ यसअघि इरानको संसद्का सभामुख अली लाजीरानीले अन्तर्राष्ट्रिय कूटनीतिमा इरानको प्रयास अन्य ठूला देशको भन्दा राम्रो भएको बताएका थिए।

उनले इरान सरकार स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो राजनीतिक व्यवहारमा परिपक्व भएको र सोच विचार गरी फैसला लिइरहेको बताए। यसको तुलनामा केही मुलुकले बच्चाको जस्तो व्यवहार देखाइरहेको र त्यस्तै तर्क गरिरहेको उनले बताए। नाम नलिईकन त्यो देशले जसरी आफूलाई अहिले प्रस्तुत गरिरहेको छ, त्यसले उसको अपरिपक्वता प्रस्ट देखिएको उनले थपे।

यसैबीच न्युयोर्कको भ्रमणमा रहेका जर्मनीका विदेशमन्त्री जिगमार ग्याब्रियलले इरानले ब्यालिस्टक क्षेप्यास्त्रको परीक्षण गरेर सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन गरेको तर यसले परमाणु कार्यक्रमका लागि भएको अन्तर्राष्ट्रिय सम्झौतामा कुनै असर नपारेको बताए।

प्रतिक्रिया दिनुहोस्