ट्रम्पको सम्पत्ति कति ?



वासिङ्टन, (एजेन्सी)
डोनाल्ड ट्रम्पसँग कति सम्पत्ति छ, यसको सही जानकारी उनैलाई वा उनका नजिकका व्यक्तिहरूलाई मात्र हुनसक्छ, अरूले त मात्र त्यसको अन्दाज मात्र गर्ने हो।

त्यसको कारण के हो भने डोनाल्ड ट्रम्पको गल्फ कोर्स, रियल स्टेट, क्यासिनो र होटलको कारोबार सम्पूर्ण प्राइभेट लिमिटेड हो। त्यसैले उनलाई ब्यालेन्स सिट जारी गर्न बाध्यता छैन।
योबाहेक डोनाल्ड ट्रम्पले आफ्नो निजी ट्याक्स रिर्टनलाई पनि गोप्य राखेका छन्। त्यसलाई सार्वजनिक गर्नुपर्ने मागहरूलाई उनले अस्वीकार गरिसकेका छन्।

धनाढ्यहरूको सम्पत्ति विवरण राख्दै आइरहेका कम्पनीहरू फोब्र्स र ब्लुमबर्गको अनुमानमा पनि फरक छ। फोब्र्सले ट्रम्पको कूल सम्पत्ति ४ अर्ब ५० करोड भएको जनाएको छ भने ब्लुमबर्गअनुसार २ अर्ब ९० करोड डलर मात्र छ।

फोब्र्सको अमेरिकी धनाढ्यहरूको सूचीमा ट्रम्पको नाम समावेश गरिएको छैन। फोब्र्सले आधिकारिक रूपमा सम्पत्ति घोषित भएका धनाढ्यको नामलाई मात्र आफ्नो सूचीमा स्थान दिने गरेको छ।यदि फोब्र्सको आंकलनलाई सही मान्ने हो र ट्रम्पको सम्पत्ति ४ अर्ब ५० करोड डलर हो भने अमेरिकामा कम्तिमा उनी भन्दा धनी १ सय २० जना धनाढ्य छन्।

अमेरिकी नियमका कारण ट्रम्पले आफ्ना कम्पनीहरू अब आफ्ना तीन सन्तान डोनाल्ड जुनियर, इवान्का र एरिकको नाममा सारिसकेका छन्। उनीमाथि कम्तिमा आधिकारिक रूपमा राष्ट्रपति बनेपछि पनि अन्तर्राष्ट्रिय व्यापारिक सम्झौता गरेको आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस्