ट्रम्पले अस्ट्रेलियाली प्रधानमन्त्रीसँगको टेलिफोन बीचैमा काटे



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्रेलियाली प्रधानमन्त्री म्याल्कम टर्नबुलसँगको टेलिफोन वार्ता अहिलेसम्म विदेशी नेताहरूसँग भएका वार्तामध्येको सबैभन्दा खराब भएको प्रतिक्रिया दिएका छन्।

दुई नेताबीचको उक्त वार्ता शरणार्थीलाई अमेरिकामा पुनरबास गर्ने विषयमा भएको थियो। तर ट्रम्पले फोन बीचमै काटेका थिए। अस्ट्रेलियामा शरण मागिरहेका १ हजार २ सय ५० जनालाई अमेरिकामा पुनरबास गर्न लग्ने विषयमा सम्झौताका लागि पहल ओबामा प्रशासनमा भएको थियो। ती शरणार्थीलाई नारु र पपुआ न्यु गिनीको जेलमा राख्न अस्ट्रेलियाले अस्वीकार गरेको थियो।
वार्तापछि ट्रम्पले ट्विटमा लेखे– ‘उनी यो बेवकुफ सम्झौताको अध्ययन गरिरहेका छन्।’ टर्नबुलले आफूलाई ट्रम्पले वार्ता जारी राख्ने आश्वासन दिएको बताएका थिए। सिड्नी रेडियोलाई टर्नबुलले ट्रम्पको तर्फबाट फोन राखेको खबर गलत भएको बताए।

केही मुस्लिम देशका नागरिकलाई अमेरिकामा प्रवेश निषेध आदेश जारीपछि पनि अस्ट्रेलियाले उक्त सम्झौतालाई अगाडि बढाउने प्रतिबद्धता चाहेको छ। बुधबार अमेरिकी राष्ट्रपतिका प्रवक्ताले पनि ट्रम्प सम्झौता जारी राख्न इच्छुक रहेको पुष्टि गरेका थिए।

तर अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनले उक्त समाचार प्रसारण गरेको केही समयलगत्तै ह्वाइट हाउसको सूत्रले सम्झौता अझै विचाराधीन रहेको बताएका थिए।

वासिङ्टन पोस्टका अनुसार टर्नबुलसँगको टेलिफोन वार्तालाई ट्रम्पले अहिलेसम्मको सबैभन्दा खराब टेलिफोन वार्ता बताएका थिए। राष्ट्रपति ट्रम्पले बोस्टनमा अर्को विस्फोट गर्नहरूलाई टर्नबुल अमेरिका पठाउन इच्छुक देखिएको बताएको अखबारले जनाएको छ। राष्ट्रपतिले २५ मिनेटपछि नै अचानक टेलिफोन काटेका थिए।

ट्रम्पले ट्विटरमा लेखे– ‘ओबामा प्रशासन अस्ट्रेलियाबाट हजारौं अवैध आप्रवासीलाई लिन सहमत थिए, किन ?’ मानवअधिकारवादी संगठनहरूले अस्ट्रेलियाको शरणार्थी नीतिलाई लिएर आलोचना गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्