भिडन्तमा चौबीस आतंककारी मारिए



लसकार घा, (एजेन्सी)
अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमान्ड प्रान्तको सनगीन जिल्लामा जारी रहेको हवाई र स्थल कारबाहीमा परी दुई दर्जनभन्दा बढी आतंककारी मारिनुको साथै अन्य २५ जना घाइते भएका सैनिक सूत्रले बुधबार जानकारी दिएको छ।
स्थल र हवाई आक्रमणम १९ तालिवान लडाकू मारिएका बताइएको छ। अफगान सरकार प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुलको सुरक्षा व्यवस्थामा सुधारको लागि गत मंगलबार हेलमान्ड प्रान्तको भ्रमण भएको थियो।

गत दुई वर्षदेखि हेलमान्ड प्रान्तको सरकारी फौजसँग संघर्ष गरिरेहका तालिवान आतंककारी समूहले भने यस आक्रमणको विषयमा कुनै प्रतिक्रिया जनाएको छैन। हेलमान्ड प्रान्तको कयँैं भाग अझै पनि तालिवान आतंककारी समूहको नियन्त्रणमा रहेको छ।

अफगानिस्तानमा जारी द्वन्द्वको क्रममा गत वर्ष अफगान सुरक्षा अधिकारीको ज्यान जाने क्रममा वृद्धि भएको एक अमेरिकी निगरानीकर्ताले बुधबार जानकारी दिएका छन्। स्पेसल इन्सपेक्टर जर्नेल फर अफगानिस्तान रिकन्स्ट्रक्सनका अनुसार यस द्वन्द्वको क्रममा अफगानिस्तानमा सन् २०१६ को जनवरी १ बाट नोभेम्बर १२ सम्म अफगान सैनिक र प्रहरी गरी ६ हजार ७ सय ८५ जनाको ज्यान गएको छ।

त्यसै गरी यस समयावधिमा ११ हजार ७ सय ७७ जना अफगान सैनिक र प्रहरी घाइते भएका छन्। यो संख्या सन् २०१५ को तुलनामा ३५ प्रतिशतले वृद्धि भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्