सुन आयात नहुँदा गुल्मीका सुनचाँदी पसल बन्द



अनिल खत्री/गुल्मी, १९ माघ । सुनचाँदी आयात बन्द भएपछी गुल्मीमा सुनचादी पसल बन्द भएका छन् ।

सुन आयात ठप्प भएपछी सुनाचाँदी व्यावसायी संघ गुल्मीको आवाहन गुल्मीमा रहेका सुनचाँदी पसलहरु बन्द गरिएको सुनचाँदी व्यावसायी संघ गुल्मीका अध्यक्ष वालकृष्ण बरालले जानकारी दिए ।

जिल्लामा दुई महिना देखि सुनचाँदी आयात बन्द भएको बरालले जानकारी दिए । गुल्मीमा हाल सरदर एक हप्तामा १ किलो सुन खपत हुने गरेको बरालको भनाई रहेको छ । लगनको महिनामा सुनचाँदी आयात नहुनु र पसल बन्द हुनेले ग्राहकहरुलाई समस्या पर्ने गरेको छ ।

लामो समय सम्म आयात बन्द हुँदा पनि पुराना गरगहनाहरुको कामहरु गरेपनि थप सुन आयात नहुँदा पसल सञ्चालन गर्न समेत कठिनाई आएपछी बाध्य भएर पसल बन्द गरिएको अध्यक्ष बरालले जानकारी दिए । सुनचाँदी व्यवसायी संघ गुल्मीमा १ सय ५० व्यवसायी आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्