बेपत्ता २५ चिनियाँ पर्यटकको उद्धार



क्वालालम्पुर, (एजेन्सी)
मलेसियाको बोर्नेओ सामुद्रिक क्षेत्रमा २८ जना चिनियाँ नागरिकसहित कुल ३१ जना यात्रु बोकेको डुंगा फेला परेपछि त्यसमा रहेका २५ जना चिनियाँ नागरिकलाई जीवित उद्धार गरिएको खोजी अधिकारीहरूले बताएका छन्।

डुङ्गा कोटा किनाबलुदेखि ६० किलोमिटर पश्चिमस्थित मलेसियाली टापुतर्फ जाने क्रममा खराम मौसमका कारण दुर्घटना भएको बताइएको छ।

मलेसियाली उद्धार टोलीले समुद्रमा डुंगासँगै हराइरहेका २५ चिनियाँ पर्यटकलाई आइतबार दिउँसो उद्धार गरेका मलेसियाका प्रधानमन्त्रीको विभाग हेर्ने मन्त्री साहिदान कासिमले जानकारी दिए। उनले डुंगामा रहेका ६ जना अझै हराइरहेको बताए। उनीहरूको खोजी पनि तदारुकताकासाथ भइरहेको उनले जानकारी दिए। मलेसियाको सामुद्रिक पर्यटन निकायका प्रवक्ताका डुंगामा २८ चिनियाँ नागरिकसहित अन्य तीन चालक दलका सदस्य रहेको जानकार दिए। डुंगा कम्पनीका मालिकले शनिबार बेलुका डुंगा हराएको जानकारी गराएका थिए। त्यसपछि डुंगाको खोजी कार्य भइरहेको कम्पनीका प्रवक्ताले जानकारी दिएका एएफपीले जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्