साफाबाट सिटिजन्स बैंक सम्मानित



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनल साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स (साफा) बाट सम्मानित भएको छ। बंगलादेशको राजधानी ढाकामा हालै आयोजित एक कार्यक्रमकाबीच सिटिजन्स बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्सबाट सम्मानित भएको हो। बैंकले निजी क्षेत्रका बैंकहरूमा सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ।

साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१५ समारोहमा बैंकले संस्थागत सुशासन र उत्कृष्ट वार्षिक वित्तीय विवरणको लागि सम्मानित गरिएको बैंकले जनाएको छ। पारदर्शिता र वार्षिक वित्तीय विवरणमा सुशासनको मूल्यांकनको आधारमा साफाले छानेका वित्तीय संस्थालाई वार्षिक रुपमा सम्मान गर्दै आएको छ।

बैंकले आगामी दिनमा पनि उत्कृष्ट वार्षिक वित्तीय विवरण प्रकाशन गर्ने तथा संस्थागत सुशासनलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। बैंकले यस वर्ष नेपालको चार्टर्ड एकाउन्टेन्टहरूको संस्था आएक्यानबाट बैंक सिंगापुरमा आयोजित वल्र्ड एच आर डी कंग्रेसबाट सार्वजनिक क्षेत्रको उत्कृष्ट बैंक विधामा पनि सम्मानित भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्