ट्रम्पद्वारा अमेरिका प्रवेश गर्नेहरूमाथि कडाइ



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अतिवादी इस्लामिक आतंकवादीहरूलाई अमेरिकाबाट टाढै राख्ने नया“ उद्देश्यअनुरूप अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि सिरियाली शरणार्थीहरूको अमेरिका प्रवेशमाथि प्रतिबन्ध लगाउने घोषणा शनिबार गरेका छन्।

उनले हस्ताक्षर गरेको विस्तृत कार्यकारिणी आदेशाज्ञामा चार महिनासम्मका लागि अन्य मुलुकका शरणार्थीहरूलाई पनि प्रवेश रोकिने जनाइएको छ। त्यसै गरी मुख्यतया छ वटा मुस्लिम राष्ट्रका पर्यटकहरूलाई पनि आगामी तीन महिनासम्म अमेरिका प्रवेश नगराइने भएको छ।

विभिन्न मानव अधिकारवादी समूहहरू र उच्च पदस्थ व्यक्तित्वहरूले उनको यस कदमको विरोध गरेका छन्। रक्षा मन्त्रालयमा आयोजित एक विशेष समारोहमा जनरल जेम्स म्याटिसलाई रक्षमन्त्रीको शपथग्रहण गराइसकेपछि उनले उक्त ओदेशपत्रमा हस्ताक्षर गरेका थिए। उक्त समारोहमा ट्रम्पले भनेका छन्– ‘कट्टरपन्थी इस्लामिक आतंककारीहरूलाई संयुक्त राज्य अमेरिकाबाट टाढै राख्नका लागि मैले नयाँ छनोट उपायलाई अपनाउँदै छु।’

‘हामी हाम्रो राष्ट्रको समर्थन गर्ने र हाम्रा जनतालाई भित्रैदेखि माया गर्नेहरूलाई मात्र हामी अमेरिका आउन दिन्छौं।’ –ट्रम्पले भनेका छन्। त्यसै गरी इराक, सिरिया, इरान, लिबिया, सोमालिया, सुडान र यमनबाट आउने पर्यटकहरूलाई आगामी ९० दिनसम्म प्रवेशमा रोक लगाइएको छ।

सन् २०१७ मा कुल ५० हजार शरणार्थीलाई मात्र अमेरिकामा प्रवेश दिइने भएको छ। बाराक ओबामाको सरकारको तुलना यो संख्या आधाभन्दा कम रहेको छ। साथै सम्पूर्ण आप्रवासी कार्यक्रममा आवेदकहरू समाजको सकारात्मक योगदान दिने खालका हो वा होइन भन्ने मूल्यांकन निर्धारण गर्ने किसिमका प्रश्नहरू सोधिने पनि बताइएको छ।

शुक्रबार बिहान प्रसारित टेलिभिजन अन्तर्वार्तामा ट्रम्पले भविष्यमा पनि शरणार्थी बन्न आवेदन दिनेहरूमध्ये सिरियाका क्रिश्चियन समुदायलाई बढी प्राथमिकता दिइने बताएका छन्। यसै गरी ट्रम्पले अमेरिकी सेनाका लागि नयाँ जहाज, नयाँ साधनहरू र नयाँ उपकरण विकास गरी सेनालाई पुनर्निर्माण गर्ने सम्बन्धमा पनि कार्यकारिणी आदेश पत्रमा हस्ताक्षर गरेका छन्।
गत वर्ष ओवामा सरकारले १० हजार सिरियाली शरणार्थीलाई अमेरिकामा प्रवेश गराएको थियो। अमेरिकाको छिमेकी मुलुक क्यानाडाले भने ३५ हजार सिरियाली शरणार्थी भिœयाएको थियो। राष्ट्रपतीय चुनाव प्रचार अभियानको क्रममा ट्रम्पले कुनै पनि मुस्लिम नागरिकलाई अमेरिकामा प्रवेश नगराउने बताएका थिए।

तर गत नोभेम्बरमा राष्ट्रपति पदमा निर्वाचित भएपछि भने उनले यो भाषा दोह¥याएको छैनन्। यसैबीच ट्रम्पको महिलाहरूप्रतिको दृष्टिकोणलाई लिएर बेलायतलगायत अन्य विभिन्न मुलुकमा महिलाहरूले विरोध प्रदर्शन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्