ट्रम्पलाई लेखिएको बानाको पत्र चर्चामा



दमास्कस, (एजेन्सी)
सात वर्षीया सिरियाली बालिका बाना अलावेदले हिंसाग्रस्त सिरियाली शहर एलेप्पोको जनजीवनबारे ट्विटरमा लेखेको कुराले विश्वभरिका मानिसको मुटु छोएको छ।

उनले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिरियामा अझै दुःख पाइरहेका बालबालिकालाई मदतका लागि केही गर्न दबाब दिँदै पत्र लेखेकी हुन्। उनले लेखेकी छिन्– ‘मलाई थाहा छ तपाईं अमेरिकाको राष्ट्रपति बन्नुहुनेछ। त्यसैले कृपया तपाईंले सिरियाका बालबालिका र जनतालाई मदत गर्न सक्नुहुन्छ? तपाईंले सिरियाका बालबालिकाका लागि केही गर्नै पर्छ किनभने तिनीहरु पनि तपाईंकै बालबालिका जस्तै हुन्।’

‘तपाईंलाई जस्तै तिनीहरुलाई पनि शान्ति चाहिन्छ। यदि तपाईंले सिरियाका बालबालिका लागि केही गर्ने वाचा गर्नुहुन्छ भने म तपाईंको साथी बनिसकें भन्ने ठान्नुस्।’ ट्रम्पले औपचारिकरुपमा ह्वाइट हाउस प्रवेश गरेलगत्तै बानाको उक्त हस्त लिखित पत्रले विश्वमा चर्चा पाएको हो। बानाले आफू गत डिसेम्बरमा पूर्वी एलेप्पोबाट भागेर टर्की पुगेको र अहिले आफू पूर्ण शान्ति र सुरक्षाको मज्जा लुटिरहेको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्