बेइजिङ, (एजेन्सी)
चीनको चर्चित ‘एक सन्तान नीति’ अन्त्य भएपछि त्यसको व्यापक असर देखिएको छ। गत वर्ष चीनमा विगतका वर्षको तुलनामा १३ लाख बच्चा जन्मेका छन्।
चीन सरकारको आँकडामा चीनमा गत वर्ष १ करोड ८४ लाखभन्दा धेरै शिशु जन्मेको उल्लेख गरिएको छ। यो संख्या सन् २०१५ को तुलनामा साढे ११ प्रतिशत धेरै हो यद्यपि यो वृद्धि अनुमान गरिएकोभन्दा कम हो ।
गत वर्ष जन्मेका शिशुहरुमा करिब आधा बच्चा आमाबुबाका दास्रो सन्तान हुन् । चीनले एक वर्षअगाडि मात्रै आफ्नो कडा एक सन्तान नीति हटाएको थियो ।
चीनमा उक्त कडा कदम १९७९ मा आवादीमाथि नियन्त्रण गर्ने उद्देश्यले उठाएको थियो । उक्त नीति लागु गर्न चीनमा ठूलो संख्यामा नसबन्द गरिएको थियो र जबरजस्ती गर्भपात गर्ने जस्ता उपायहरु अपनाइएको थियो ।
तर अहिले चीनमा वृद्धहरुको संख्या बढ्दै गइरहेको छ र यसले बुजुर्ग पिँढीलाई सहारा दिनका लागि युवा आवादी कम भइरहको छ । यो असन्तुलनलाई ध्यानमा राखी चीनले गत वर्ष आफ्नो नीतिमा परिवर्तन गरेको थियो । चीनले यो नीतिबाट सन् २०५० सम्ममा देशमा ३ करोड अतिरिक्त जनशक्ति आउने र उनीहरु काम गर्ने उमेरको हुने अनुमान गरेको छ ।