कम्बोडियाले गत वर्ष ५० लाख विदेशी पर्यटकको स्वागत गरौँ



न्होमपेन्ह, ११ माघ । कम्बोडियाले सन् २०१६ मा करिब ५० लाख अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको पर्यटन मन्त्री थोङ्ग खोनले मङ्गलबार जानकारी दिनुभएको छ ।

विदेश पर्यटकहरु भियतनाम, थाइल्यान्ड, चीन, दक्षिण कोरिया र लाओसबाट आएको बताइएको छ । कम्बोडियामा गत वर्ष पर्यटन उद्योगहरुको कुल आय तीन अर्ब अमेरिकी डलर बराबर आर्जन गरेको बताइएको छ ।

यस पर्यटक उद्योगका कारण गत वर्ष छ लाख २० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्राप्त भएको पनि जनाइएको छ ।

पर्यटन मन्त्रीका अनुसार यस दक्षिण एसियाली राष्ट्रमा ६४७ वटा होटेल ३६ हजार २३६ हाटेलका कोठाहरु र एक हजार ९९६ पाहुनाघर र यसमा २८ हजार ९९५ वटा कोठाहरु रहेका बताइएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्