हिमपहिरोमा परी १२ को मृत्यु १७ बेपत्ता



पेन्ने (इटाली), ११ माघ । छ दिन अगाडि मध्य इटालीको एउटा चारतारे होटेलमा हिम पहिरोले पुरिँदा ज्यान गुमाउने व्यक्तिको सङख्या १२ पुगेको छ । यस हिमपहिरोमा परी अझै पनि १७ जना बेपत्ता रहेका छन् ।

सो हिमपहिरो गएको छ दिन पछाडि पनि कोही व्यक्तिको जीवितै उद्धार गर्न सकिन्छ कि भन्ने कोसिस जारी रहेको बताइएको छ ।

यद्यपि होटेलमा हिमपहिरोले पुरिएका करिब ११ व्यक्तिलाई जीवितै उद्धार गरिएको अधिकारीहरुले गत शनिबार नै जानकारी दिएका थिए ।

बुधबार नै इटालीको पर्वतीय क्षेत्रमा तीन पटकसम्म गएको भूकम्पपछि विशाल हिमपहिरो गएको र त्यहाँका अन्य धेरै संरचनासमेत नष्ट भएको स्थानीय अधिकारीहरूले बताएका थिए । रासस÷एपी

प्रतिक्रिया दिनुहोस्