सरकारी ढुकुटीबाट १ करोड १० लाख डलर गायव राष्ट्रपति भवनमा अन्तर्राष्ट्रिय फौज



बन्जुल,(एजेन्सी)
जामेहले राष्ट्र छोडेपछि राष्ट्रिय ढुकुटीबाट १ करोड १० लाख अमेरिकी डलर हराइरहेको नव निर्वाचत गाम्विाली राष्ट्रपति ब्यारोका एकजना सल्लाहकारले सोमवार बताएका छन् । माइ अहमदले वित्तिय विशेषज्ञहरुले हराएको वास्तविक सम्पत्तिको यकिन गर्ने कोसिस गरिरहेको पनि बताएका छन् ।

जामेहले देश छाड्ने क्रममा चाडको एक कार्गो विमानमा लक्जरी कारहरु पनि लोड गरिएको बताइएको छ । लगातार बाइस वर्ष सम्म सत्तामा रहन सफल उनले आफु विरुद्ध लगाइउको आरोपको कुनै टिप्पणी गरेको छैन ।

हाल छिमेकी राष्ट्र सेनेगलमा रहेका ब्यारो कहिले स्वदेश फर्किने भन्नेबारे टुँगो लागेको छैन । राजधानी बान्जुल प्रवेश गरेका पश्चिमी अफ्रिकी फौजले उनको फिर्तीका लागि चाँजोपाँजो मिलाउँदै गरेको पनि बुझिएको छ । पश्चिम अफ्रिकी क्षेत्रीय सुरक्षा फौजले गाम्बियाको राजधानी बन्जुलमा रहेको राष्ट्रपति भवन सोमवार नियन्त्रणमा लिएको छ ।

पराजित भएपछि पनि पद त्याग्न अस्वीकार गर्दै आएका निवर्तमान राष्ट्रपति याह्या जामेहले देश छोडेको भोलिपल्ट नै अन्तर्रा्ष्ट्रिय सेनाले राष्ट्रपति भवन नियन्त्रणमा लिएको हो ।

पश्चिमी अफ्रिकी मुलुकहरुको आर्थिक समूह (इकोवास)ले पठाएको सेनालाई राष्ट्रपति भवन नियन्त्रणमा लिन सुरुमा केही कठिनाइ भएको थियो । राष्ट्रपति भवनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीका उच्चअधिकारी र अन्तर्रा्ष्ट्रिय सेनाका प्रमुखका बीचमा केही घन्टा वार्ता भएको थियो । ’ वार्ता चलिरहेका बेला राष्ट्रपति भवनमा सुरक्षाका लागि खटिएका गाम्बियाका एकजना सैनिकले भनेका छन् ‘ यहाँ केही समस्या छैन । हामी शान्ति चहान्छौँ । शान्ति नै राम्रो कुरा हो,े भन्नुभयो । ’

निवर्तमान राष्ट्रपति जम्मेह राजधानी बन्जुलबाट आफ्ना बहुमुल्य सरसामान सहित शनिबार राति नै गिनीको राजधानीतर्फ निर्वासनका लागि पलायन भएका थिए ।

गाम्बियामा सत्ता हस्तान्तरण सम्बन्धमा धेरै दिनसम्मको उतार–चढाव, खिचातानी र झन्डै सुरु हुन लागेको रक्तपातपूर्ण विद्रोहपश्चात् पश्चिम अफ्रिकी राष्ट्रहरुको संगठनको मध्यस्थतामा जामेहले अन्तत सत्ता त्यागेका थिए ।

पश्चिम अफ्रिकी राष्ट्रहरुको संगठनका प्रतिनिधिसँगको अन्तिम वार्ता र छलफलपछि गत शनिबार बेलुकी उनले सत्ता परित्याग गर्ने घोषणा गरेका थिए । निर्वासनमा जानुभन्दा केही समय अघि उनले गाम्बियाको सबै राजनीतिक समस्या शान्तिपूर्ण ढङ्गले सुल्झाउन सघाउने वचनबद्धता व्यक्त गर्दै यस क्रममा एक थोपा पनि रक्तपात आवश्यक नभएको जनाएका थिए ।

चारैतर्फबाट उनको तानाशाहीको विरोध हुनुका साथै पश्चिम अफ्रिकी राष्ट्रहरुको संगठनको दबाबपछि उनले देशमा देखावटी निर्वाचनको प्रणाली बसालेका थिए । तर गत डिसेम्बरको राष्ट्रपतीय निर्वाचनमा प्रतिपक्षी दलका उम्मेदवार आडमा ब्यारोको अप्रत्याशित विजयबाट उनी तर्सिका थिए। राष्ट्रपति जामेह सन् १९९४ को जुलाई महिनामा भएको रक्तपातपूर्ण सैनिक विद्रोहको माध्यमबाट शक्ति हातमा लिई जबर्जस्ती गाम्बियाको शासन सत्तामा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्