हुन्डाईको एक्सचेन्ज अफर



काठमाडौं, (नेस)
नेपालका लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले तीन दिने एक्सचेन्ज क्याम्प ल्याएको छ । माघ ६ गतेदेखि माघ ८ गते शनिबारसम्म हुन्डाई ब्रान्डका सबै मोडलमा लागू हुने गरी राष्ट्रव्यापी रुपमा सो कार्यक्रम आयोजना गरिएको हो । ग्राहकका लागि उत्कृष्ट एक्चेन्ज योजना र आप्mनो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्ने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ ।

एक्सचेन्जस“गै लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आप्mना ग्राहकसामु नगद छुट, एक वर्षे गाडी बीमा, रोड ट्याक्स, लट्री बोनस, स्पेसल स्न्टेस रेट एक्सचेन्ज बोनस प्रदान गर्ने छ । यस कार्यक्रमा टेस्ट ड्राइभ एन्ड वीन र मनोरञ्जनका कार्यक्रम पनि हुनेछ । कार्यक्रम अवधिमा टेस्ट ड्राइभ गरेकामध्ये हरेक दिन लककी ड्र मार्पmत एक जनालाई सामसुङ ग्यालेक्सी जे सेभेन स्मार्ट फोन प्रदान गरिने छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका सेल्स एन्ड मार्केटिङ डिजिएम रुपेश शर्मा भट्टले ग्राहकहरुलाई सधंै उत्कृष्ट स्ुविधा प्रदान गर्न लक्ष्मी हुन्डाई तल्लीन रहेको र यस कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आप्mनो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्