देवःविकास बैंकको कोटेश्वर शाखा स्थानान्तरण



काठमाडौं, (नेस)
देवःविकास बैंकको कोटेश्वरमा रहेको शाखा कार्यालय साविक भवनको संगै रहेको भवनबाट सञ्चालन गरिएको छ। शाखा कार्यालयको नयँँ स्थानबाट प्रदान गरिने सेवाको बैंकका अध्यक्ष प्राडा सुवर्ण लाल बज्राचार्यले शुभारम्भ गर्नु भयो।

ग्राहकलाई अझ सुलभ तथा सहज रुपमा उत्कृष्ट सेवा प्रदान गर्न साविकको स्थानबाट बैंकलाई नयँँ स्थानमा स्थानान्तरण गरिएको हो। उक्त शाखाबाट नेपाल धितोपत्र बोर्डबाट लागू गरिएको आस्बा सेवासमेत प्रदान गरिने छ।

बैंकले पुस मसान्तसम्ममा ९ अर्ब ७ करोड निक्षेप संकलन गरी ८ अर्ब ३ करोड रुपियाँ कर्जा प्रवाह गरेको र सो अवधिसम्ममा २२ करोड सञ्चालन मुनाफा हासिल गर्न बैंक सफल भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्