कार्दिसियनको गहना लुट प्रकरणका सोह्रजना आरोपित पक्राउ


पेरिस, ९फ्रान्स, २५ पुस । अमेरिकी ‘टिभी स्टार’ किम कार्दासियनको बहुमूल्य गहना र अन्य सामान लुट प्रकरणमा आरोजित सोह्र जनालाई सोमबार बिहान पेरिसबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पेरिसस्थित विशिष्ट आवास क्षेत्रमा नकावधारी एक समूह प्रवेश गरी गत अक्टोबरमा कार्दासियनलाई बाँधी उहाँसँग करिब ९५ लाख अमेरिकी डलर बराबरको सामान लुटेर लगेको थियो ।

अक्टोबरमा अमेरिकी ‘टिभी स्टार’ कार्दिसियन पेरिसमा भएको भेषभूसा प्रदर्शनी सप्ताहमा सहभागी हुन आएका बेला सो सामान चोरी भएको थियो । रासस÷एएफपी

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।