दक्षिण कोरियाली बौद्ध भिक्षुद्वारा आत्मदाह प्रयास


सोल, ९दक्षिण कोरिया०, २४ पुस । दक्षिण कोरियाली एक बौद्धभिक्षुले महायिभोग लगाइएका राष्ट्रपति पार्क ग्यून हे विरुद्धको सडक आन्दोलनका क्रममा आइतबार आत्मदाह गर्ने प्रयास गरेका छन् ।

आत्मदाहप्रयासपछि बेहोस बनेका भिक्षुलाई स्थानीय एक अस्पतालमा उपचार सुरु गरिएको छ । उनको शरिरको केही भाग जलेको अवस्थामा सुरक्षाकर्मीले उद्धार गरेका थिए ।

आत्मदाह गर्न खोज्ने करिव ६० वर्षे भिक्षुको नाम सार्वजनिक भने गरिएको छैन । एघाराँ हप्ताको पार्क विरोधी प्रदर्शनका क्रममा लाखौँ मानिसका बीचमा आत्मदाह प्रयास गर्ने भिक्षुले एक पत्र लेखी महाभियोग लगाइएका राष्ट्रपति पार्कलाई राष्ट्रघात गरेकोले उहाँलाई पक्राउ गर्न आग्रह गर्नुभएको योनह्याप न्यूज एजेन्सीले बताएको छ ।

पार्कमाथि पदीय मर्यादा विपरित कामगरेको भन्दै गत महिना संसद्ले महाभियोग लगाइएको थियो । रासस÷एएफपी

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।