एभरेष्ट बैंकको नाफा बढ्यो



काठमाडौं, (नेस)
एभरेष्ट बैंकको बोर्ड मिटिङले गत असारको अडिटेड ब्यालेन्स सिट अनुमोदन गरेको छ।
बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा मुनाफा ५१ दशमलव ९९ प्रतिशतले वृद्धि गरेको छ। बोर्डले ७० प्रतिशत बोनस शेयर र ३ बराबर १ बराबरको हकप्रद शेयरका लागि आगामी वार्षिक साधारणसभामा नेपाल राष्ट्र बैंक र शेयर सदस्यको मञ्जुरीका लागि प्रस्ताव गरेको छ। बैंकले हाल ६१ वटा शाखा, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८६ एटीएमबाट सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्